सुर्खेत, ११ असोज ।
उपचारको क्रममा क्षेत्रीय अस्तालमा मृत्यु भएकी दैलेख बासी– ४ की २१ वर्षीय शोभा शाहीका आफन्तले डाक्टरको लापरवाहीका कारण शोभाको ज्यान गएको आरोप लगाएका छन ।
मंगलबार विहान साढे ४ बजे क्षेत्रीय अस्पतालमा भर्ना गरिएको भएपनि डाक्टरले नहेरेपछि झण्डै ७ घण्टापछि उहाँको मृत्यु भएको आफन्तको गुनासो छ ।
साेमवार साँझ अचानक रक्तश्राव भएपछि १६ हप्ताकी गर्भवती शाहीलाई उपचारको लागि मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेत ल्याइएको थियो ।
रक्तश्राव हुनवित्तकै गाउँकै स्वास्थ्य संस्थामा उपचारको लागि लगिएकोमा उपचार हुन नसकेकोपछि शाहीलाई रातारात क्षेत्रीय अस्पताल ल्याइएको श्रीमान टेकबहादुरले बताउनु भयो ।
उहाँले समयमै अस्पताल पु¥याएको भएप्नि डाक्टरले एक पटक पनि नहेरेपछि श्रीमतिको ज्यान गएको आरोप उहाँले लगाउनु भयो ।
डाक्टरको चरम लापहरवाहीको कारण श्रीमतिको ज्यान गएको भन्दै उहाँले आक्रोश समेत व्यक्त गर्नु भयो ।
यता क्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. डम्बर खड्काले भने डाक्टरको लापरबाहीबाट गर्भवतीको मृत्यु नभएको दावी गर्नुभयो ।
विरामी नर्सहरु र डाक्टरको प्रत्यक्ष निगरानीमा हुँदाहुँदै पनि बचाउन नसकिएको दावी उहाँले गर्नुभयो ।
विरामी बचाउने अनेक प्रयास गरिएको उल्लेख गदै उहाँले अस्पताल ल्याउनभन्दा पहिले नै अत्याधिक रक्तश्राव भएकोले बचाउन नसकिएको बताउनु भयो ।
उपचारका क्रममा गर्भवती शाहीको मृत्यु भएपछि अस्पतालमा केहीबेर तनाव भएको थियो ।