‘रक्तदान नै जीवन दान हो’– डिआईजी माधव नेपाल

timthumb.php
६१ औं प्रहरी दिवसको अवसरमा रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै डिआईजी नेपाल ।

बाँके, १७ असोज ।
६१ औं प्रहरी दिवसका अवसरमा प्रहरीले नेपालगन्जमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
मध्यपश्चिम क्षेत्रीय प्रहरी अस्पतालमा भएको रक्तदान कार्यक्रममा मध्यपश्चिमका प्रहरी प्रमुख डिआईजी माधवप्रसाद नेपालले रगत दान नै जीवन दान भएकोले सामाजिक उत्तरदायित्व बहन गदै प्रहरीले रक्तदान कार्यक्रम गरेको बताउनु भयो ।
उहाँले चाडपर्वको बेला अस्पतालमा उपचारको लागि आउने विरामीलाई रगतको अभाव हुन नदिने प्रहरीले रक्तदान गरिएको बताउनु भयो ।
डिआईजी नेपालले विगतमा जस्तै आगामी दिनहरुमा पनि रगत चाहिने कुनै पनि विरामीलाई रगत दिन नेपाल प्रहरी सधै तयार रहेको उल्लेख गर्नुभयो ।
रक्तदान कार्यक्रममा ३० जना प्रहरी अधिकृत र जवान गरी ३० जनाले रक्तदान गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः १७ आश्विन २०७३, सोमबार ११:४८

Leave a Reply

Your email address will not be published. Required fields are marked *