बद्री पन्त
जाजरकोट, १९, असोज
जिल्लामा एक टोल र तीनवटा वडालाई पुर्णसरसफाई नमुनागाउँ घोषणा गरिएको छ । नेपाल सरकारको नीति तथा कार्यक्रम अनुसार पुर्णसरसफाई नमुनागाउँ तथा टोल घोषणा गरिएको हो ।
भेरीमालिकानगरपालीका वडा नं–१० को नुहगाउँलाई भदौं १५ गते, पजारु–८ घोगीलाई असोज १२ गते, झाप्रा–८ राँगा रनल्फुलाई असोज १३ गते रसिमा–९ स्यापीलाई असोज १४ गते पुर्णसरसफाई टोल तथागाउँ घोषणा गरिएको जिल्ला विकास समिति जाजरकोटका योजना अनुगमन तथा प्रशासकिय अधिकृत टेकबहादुर खत्रीले जानकारी दिए ।
घोषणा कार्यक्रमलाई नेपाल सरकारको नीतितथाकार्यक्रमभित्र रहेर अभियानात्मक रुपमा सम्पन्न गरिएको अधिकृत खत्रीको भनाई रहेको छ ।
पूर्णसरसफाई गाउँतथा टोल घोषणा गर्नकालागि सुरक्षित सौचालयको प्रयोग, सुरक्षित पानीको प्रयोग र भण्डारण, सावुन पानीले हातधुने वानी तथा व्यक्तिगत सरसफाईको विकास, सुरक्षित खानाको प्रयोग तथा भण्डारण, घरआँगनको सधै सरसफाई र सफा वातावरण जस्ता मापदण्डलाई पुरा गर्नु पर्ने जिल्ला खानेपानी तथासरसफाई स्वच्छता समन्वय समितिले जनाएको छ ।
हरेक नागरिकले किटाँनु रहित खाना खानुलाई पुर्णसरसफाईको मुख्यआधार मानिने गरिएको छ
जिल्लामाहाल सम्मपुर्ण सरसफाइ युक्तघोषणा गरिएका गाउँ तथा टोलहरुले पुरा गरेका मापदण्डहरुको अनुगमन गरि पुर्णसरसफाई नमुना गाउँतथा टोलका रुपमा घोषणा गरिएको समितिले जनाएको छ ।
जिल्लाकै पहिलो पुर्ण सरसफाई नमुनाघोषणा टोलका रुपमा भेरीमालिकानगरपालीका वडानं–१० को नुहगाउँ रहेको छ भने, जिल्लाकै पहिलो नमुना वडाका रुपमापजारु गाविस–८ घोगी रहेको छ ।
त्यसैगरी जिल्लाकै दोश्रो पुर्णसरसफाइनमुना वडाका रुपमाझाप्रागाविसको वडा नं–८ राँगा रहेको छ भने, तेश्रो वडाका रुपमा सिमा गाविसको वडा नं–९ स्यापी रहेको छ । लगतै ढिमे गाविसको वडानं–६ छरागाउँ र भेरीमालिका नगरपालीका वडानं–५को ईभरलाई पुर्ण सरसफाई नमुनागाउँ घोषणा गर्ने कार्यक्रम रहेको जनाईएको छ ।
घोषणा गरिएका गाउँ तथा टोललाई पुर्णसरसफाई नमुनापर्यटन गन्तव्य स्थलका रुपमाविकास गराउने र घोषणा हुनवाँकी रहेकाजिल्लाका भण्डै २ सय ४४ वडालई क्रमशः पुर्णसरसफाई नमुनागाउँ घोषणा गर्दै जाने लक्ष्य राखिएको अधिकृत खत्रीले जानकारी दिए ।
जिल्लाविकास समिति, जिल्लाखानेपानीतथा सरसफाई सव डिभिजन कार्यालय, जिल्ला स्वास्थ्य, घरेलु तथा सानाउद्योग विकास समिति, गाउँविकास समिति, गैरसरकारी संस्थामहासंघका अध्यक्ष, सहयोगिनिकाय, नेपालप्रहरी, पत्रकार,स्थानिय राजनैतिक दलका प्रतिनीधि, शिक्षक, विद्यार्थी, वडावासीहरुको उपस्थितिमा पुर्णसरसफाई नमुनायुक्तगाउँतथा टोल घोषणा कार्यक्रम सम्पन्नगरिएका छन् ।
जिल्लामा हालसम्म घोाणा गरिएका पुर्णसरसफाई नमुनागाउँ तथा टोलका लागि जलश्रोत व्यवस्थापन कार्यक्रम (वार्म–पी) हेल्भेटास स्वीस इन्टरकोपरेसन नेपालको आर्थिक सहयोगमा भेरीमालिकानगरपालीका र सिमागाविसमा समुदाय परिचालनतथाप्राविधिक सहयोग पहाडी क्षेत्र विकास अभियानजाजरकोटले गरेको छ भने, पजारु र झाप्रागाविसमा (वार्म–पी) हेल्भेटास स्वीस इन्टरकोपरेसन नेपालको आर्थिक सहयोगमासमुदाय परिचालनतथाप्राविधिक सहयोगहिमालय समाजविकास केन्द्र जाजरकोटले गरेको छ ।
२०७१ साल पुस १८ गते देशकै २४ औं र भेरी अञ्चलकैं पहिलो खुल्लादिसामुक्तजिल्ला घोषणा भएको जाजरकोटलाई सन् २०१७भित्रै पुर्णसरसफाई जिल्ला घोषणा गर्ने रणनीति निर्माण गरिएको भएतापनि २०१७भित्रै घोषणा गर्न नसकिने भएको हुदा रणनीति परिमार्जन गर्नु पर्ने वताईएको छ । सन् २०२५ भित्रै सिङ्गै देशलाई नै पुर्णसरसफाई देश घोाणा गर्ने नेपाल सरकारको लक्ष्य रहेको छ ।