सुर्खेतमा फिस्टुला अस्पताल बनाउदै INF

सुर्खेत, ३० कार्तिक ।
सुर्खेतमा फिस्टुलाको उपचारको लागि छुट्टै अस्पताल भवन निर्माण हुने भएको छ ।
आइएनएफ सुर्खेतको सहयोगमा १७ बेडको फिस्टुला उपचार केन्द्र निर्माण हुने भएको हो ।
मध्यपश्चिम क्षेत्रीय अस्पताल परिसरमा निर्माण हुने भवनको आज औपचारिक रुपमा सिलन्यास गरिएको छ ।
20161115_112916अस्पताल विकास समितिका अध्यक्ष खम्वराज थानी, मेडिकल सुपरिटेन्डेन्ट डम्वर खड्का, निमित्त क्षेत्रीय स्वास्थ्य निर्देशक खेमराज उपाध्याय र आइएनएफका प्रमुख मंगलबहादुर थारुले संयुक्त रुपमा भवनको सिलन्यास गर्नु भएको हो ।
५ करोड ९ लाख २७ हजार रुपैयाको लागतमा निर्माण हुन लागेको फिस्टुला उपचार केन्द्रको भवन १५ महिनाभित्र निर्माण गरिसक्ने आइएनएफ सुर्खेतले जनाएको छ ।
निर्माण लगत्तै मध्यपश्चिम क्षेत्रीय अस्पताललाई भवन हस्तान्तरण गर्ने आइएनएफ सुर्खेतका प्रमुख मंगलबहादुर थारुले जानकारी दिनुभयो ।
महिलामा हुने फिस्टुल रोगको उपचारको लागि बीएमजी, टेराटेक जर्मन र आइएनएफ युकेले आर्थिक सहयोग गरेको पनि उहाँले बताउँनु भयो ।
बच्चा जन्माउँदा लामो प्रसव बेथाका कारणले महिलाको पिसाव थौली र यौनीद्धारमा प्वाल परी पिसाव चुहिने समस्यालाई फिस्टुल भनिन्छ ।
सुर्खेतमै फिस्टुलको उपचार गर्ने अस्पताल निर्माण भएपछि फिस्टुलाको समस्या भएका महिलाहरु अव वाहिर जानु नपर्ने क्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. डम्वर खड्काले बताउनु भयो ।
यसअघि अस्पतालले फिस्टुलाको अप्रेसन गर्नको लागि विरामीलाई काठमाडौ र धरान रिफर गदै आएको उहाँले उल्लेख गर्नुभयो ।
भवन निर्माण भएपछि फिस्टुलको नियमित उपचार हुने र उपचारको लागि आउने महिलाको लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने आइएनएफ सुर्खेतले बताएको छ ।

प्रकाशित मितिः ३० कार्तिक २०७३, मंगलवार ११:४२

Leave a Reply

Your email address will not be published. Required fields are marked *