बद्री पन्त
जाजरकोट १३, पुस
स्वास्थ्य सेवा विभागले जाजरकोट अस्पतालमा प्रमुखको जिम्मेवारी कसैलाई नतोक्दा ६ महिनादेखि सेवा प्रवाह अस्तब्यस्त भएको छ । अस्पतालमा कार्यरत ६ जना मेडिकल अधिकृत मध्ये कसैलाई पनि प्रमुखको जिम्मेवारी नतोकी दिंदा स्वास्थ्य सेवा प्रवाहमा समस्या आएको हो ।अस्पतालमा निर्देशन दिने कोहि नहु“दा स्व्ँँस्थ्यकर्मीले विरामीको उपचार, एक्सरे, भिडियो एक्सरे, ल्याब, स्टोर, खोप, ओपिडी, ईन्डोर, आकस्मिक लगाएत सेवामा लापरबाही गर्ने गरेका छन् । जस्का कारण अस्पतालको दैनिक सेवा अस्तब्यस्त बनेको छ । विभिन्न स्वास्थ्य सेवा र उपचारका लागि जस्लाई सोधे पनि थाह छैन भन्ने गरेको स्थानीय दीपक खत्रीले बताए । उपचारका लागि अस्पताल आएका विरामीलाई कस्को के जिम्मेवारी भन्ने थाह नहुने र सम्बन्धित फा“टमा पुग्दा सेवाप्रदायक नभेटीने गरेको उनले बताए । कर्मचारीले कसैले कसैलाई टेरपुच्छर नलगाउने र मन लागी कार्य गर्ने अवस्था सृजना भएको खत्रीले बताए । सम्बन्धित निकायले उपचार सेवामा लापरबाही गर्ने कर्मचारी विरुद्ध गुनासो सुन्ने ब्यक्ति नै नतोक्दा समस्या भएको उनले बताए ।
प्रमुख नहु“दा अस्पतालको प्रशासनिक कार्य, उपचार, जनशक्ति परिचालन, लेखा लगाएत सेवा संचालनमा कठिनाई आएको लेखापाल जय प्रसाद पाण्डेले बताए । जिल्ला स्वास्थ्य प्रमुख धीरजंग शाहले जिम्मेवारी नलिंदा र अस्पतालमा कार्यरत डाक्टर मध्ये कसैलाई पनि जिम्मेवारी नदिंदा सेवा प्रवाहमा अफ्ट्यारो परेको लेखापाल पाण्डेले बताए । प्रमुख कोहि नह“ुदा बजेट खर्च, उपकरण खरीद, औषधी खरीद लगाएतमा समस्या भएको उनले बताए । कोष तथा लेखा नियन्त्रण कार्यालयले तलब खाने बाहेकको बजेट निकासा पनि रोकेको उनले बताए । जनस्वास्थ्य र अस्पताल छुट्टा छुट्टै कार्यालय भैसकेकाले अस्पतालको प्रमुख छुट्टै तोक्नु पर्ने उनले बताए । ‘५० शैयाको जाजरकोट अस्पतालमा ११ औं तहको मेडिकल सुपरिटेन्डेन्ट प्रमुख हुने ब्यबस्था छ । आर्थिक बर्ष शुरु भएको ६ महिना वित्यो । तर अस्पताल प्रमुख विहीन छ,’ उनले भने ।
अस्पतालमा कार्यरत डाक्टर मध्येका सिनियर डाक्टर चा“दनी जैसवाललाई निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारीका लागि मन्त्रालय र स्वास्थ्य सेवा विभागमा पत्रचार गरेपनि कुनै निर्णय भएको छैन । लिखित पत्र नआएको र प्रमुख को हो भन्ने पनि थाह नभएको डा जैसवालले बताईन् । प्रमुख नहुदा कस्लाई के जिम्मेवारी वहन गर्ने भन्ने अन्यौल भएको उनले वताईन् । जस्ले स्वास्थ्य सेवा प्रभावित भएको उनको भनाई छ ।