क्षेत्रीय अस्पतालमा प्रतिक्षालय

सुर्खेत, २९ माघ ।
मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा बिरामीमा कुरुवाहरुको लागि प्रतिक्षालय निर्माण गरिएको छ ।
सासद लालबहादुर घलेको सहयोगमा आर्थिक सहयोगमा प्रतिक्षालय निर्माण भएको हो ।
प्रतिक्षालय निर्माणको लागि संसाद घलेले ४ लाख ५२ हजार ५ सय रुपैया दिनु भएको र वाकी ५३ हजार ६ सय ३८ रुपैयाको जनश्रमदानबाट प्रतिक्षालय वनेको हो ।
प्रतिक्षालय निर्माण उपभोक्ता समितिका अध्यक्ष तथा अस्पताल विकास समितिका सदस्य पूर्णप्रसाद पौडेलले प्रतिक्षालय निर्माणमा भएको खर्चको विवरण सार्वजनिक गदै बगौचा लगायतका काम पनि गरिएको जानकारी दिनुभयो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष खम्वप्रसाद थानीले सेवाको भावनाले अस्पतालको विकासमा जुटेको वताउनु भयो ।
यस्तै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. डम्वर खड्काले रकमको सही सदुपयोग गर्न सके थोरै रकमबाट पनि धेरै राम्रो काम गर्न सकिने उल्लेख गर्नुभयो ।
कार्यक्रमा निर्माण उपभोक्ता समितिका सदस्य रामबहादुर सिह, देवराज भारती लगायतको सहभागीता रहेको छ ।

प्रकाशित मितिः २९ माघ २०७३, शनिबार ०९:५७

Leave a Reply

Your email address will not be published. Required fields are marked *