सुर्खेतका गाउँ गाउँमा स्टेचर, अव बिरामीलाई डोकोमा वोक्नु पदैन – पुर्व गृहमन्त्री खड्का

सुर्खेत, ४ फागुन ।
बिरामीलाई सहज रुपमा स्वास्थ्य संस्थामा लैजान सहयोग पु¥याउन सुर्खेतका गाउँगाउँमा स्टेचर वितरण गरिएको छ ।
पूर्वगृहमन्त्री तथा क्षेत्र न १ का सासद पूर्णबहादुर खड्काको सहयोगमा पश्चिम सुर्खेतमा २ सय ८६ वटा स्टेचर वितरण गरिएको हो ।
स्टेचर पाएपछि खुशी हुदै छाप्रेकी स्वयम सेविका बेलमति कामीले गाउँमा सडक नभएकोले सिकिस्त विरामीलाई उपचार गर्न लैजान कठिनाई हुदै आएकोमा अव निकै सजिले हुने बताउनु भयो ।
उहाँले भन्नुभयो स्टेचर पाइयो, अव यसको सहि उपयोग गर्नेछौ, एम्वुलेन्स नपुगेका ठाउँका विरामीलाई स्टेचरवाट स्वास्थ्य संस्थासम्ममा पु¥याउने छाँै ।
स्टेचर भएपछि सिकिस्त गर्भवति, अपांगता भएका र वृद्धलाई उपचार गर्न लैजान सहज हुने कामीले बताउनुभयो ।
अर्की स्वयम सेविका याममाया केसीले स्टेचर पाएपछि बिरामीलाई डोकोमा बोक्नु पर्ने अवस्थाको अन्त्य हुने बताउनु भयो ।
डोकोममा हैन अव विरामीलाई स्टेचरमा विरामी बोक्छै उहाँले भन्नुभयो ।
सुर्खेतका यातायात सुविधा नपुगेको स्थानका नागरिक बिरामी हुँदा समयमा नै अस्पताल पु¥याउन सहयोग पुगोस उद्देश्यले सवै स्वास्थ्य स्वयम सेविकालाई निःशुल्क रुपमा एक–एक थान स्टेचर वितरण गरेको हो ।
नेपाल स्वास्थकर्मी संघ सुर्खेतको पहलमा सासद खड्काले स्थापना गर्नु भएको संसाद छात्रबृत्ति अक्षय कोषको रकमवाट स्टेचर किनेर वितरण गरिएको बताएको छ ।
सर्खेतको क्षेत्र न ३ मा २ सय ८६ वटा स्टेचर वितरण गरिएको छ भने अव क्षेत्र न १ मा ३ सय ४२ र क्षेत्र न २ मा ३ सय ७ वटा स्टेचर वितरण गरिने छ ।
बावियाचौरमा महिला स्वास्थ्य सेविकाको हातमा स्टेचर पादै खड्काले एक महिनाभित्रै सुर्खेतका सवै महिला स्वास्थ्य स्वयम सेविकको हात हातमा स्टेचर पुरयाउने बताउनु भयो ।
भौगोलिक विकट गाउँमा स्टेचरको अभियान अन्तर्गत सुर्खेत जिल्लाभरी करिव एक हजार स्टेचर वितरण गर्न लागिएको स्वास्थ्यकर्मी संघले जनाएको छ ।

बावियाचौर गाविसवाट स्टेचर वितरणको सुरुवात गदै काँग्रेस नेता खड्काले गाउँका सिकिस्त विरामीलाई उपचारको लागि लिन÷लैजान यातायातको समस्या भएकोले स्टेचर वितरण थालिएको उल्लेख गर्नुभयो ।
नेता खड्ककाले सुर्खेतको सहारेमा कार्यरत एकजना महिला स्वास्थ्य स्वयम सेविकाले स्टेचर नहुदाको पिढा पोखेपछि गाउँ गाउँमा स्टेचर पुर्याउने प्रेरणा मिलनेको बताउनु भयो ।
समुदायबाट आएको मागलाई मनन गरी सुर्खेतको जनप्रतिनिधीको हैसियतले स्टेचरको लागि सहयोग गरेको काँग्रेस नेता खड्काले दावी गर्नुभयो ।
कार्यक्रममा क्षेत्र न ३ का सासद तप्तबहादुर विष्टले स्टेचरको सदुपयोग हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
अर्का सासद लालबहादुर घलेले स्टेचरबाट विपन्न र संकटमा रहेका परिवारलाई उपचारमा हौसला मिल्ने बताउनु भयो ।
कार्यक्रममा नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष राजेश बुढाले स्टेचरको नहुदा विरामीलाई बोक्न कठिन भएकोले त्यसलाई सहज बनाउन स्टेचरको लागि पहल गरेको दावी गर्नुभयो ।

प्रकाशित मितिः ४ फाल्गुन २०७३, बुधबार ०२:१७

Leave a Reply

Your email address will not be published. Required fields are marked *