
सुर्खेत, ४ साउन ।
नेपाल रेडक्रस सोसाइटी राकम उपशाखा सुर्खेतले एम्वुलेन्स संचालनमा ल्याएको छ ।
नेपाली कांग्रेसका नेता तथा सुर्खेत क्षेत्र न १ का सासद पूर्णबहादुर खड्काको पहलमा सिम्ता गाउँपालिकाका जनताको लागि एम्वुलेन्स संचालन गरिएको हो । पूर्व गृहमन्त्री खड्काको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको सहयोगमा एम्बुलेन्स किनिएको नेपाल रेडक्रस सोसाइटी सुर्खेतले जनाएको छ ।
आफ्नै एम्वुलेन्स संचालन गर्ने राकम सुर्खेतकै पहिलो उपशाखा भएको रेडक्रस सुर्खेतका मन्त्री गोविन्द आचार्यले जानकारी दिनुभयो ।