वोनम्यारो पीडित रबिनालाई सहयोग जुट्न थाल्यो

सुर्खेत, ३० भदौ ।
वोनम्यारो (एप्लाटिक एनिमिया) को समस्यावाट पीडित जाजरकोटकी रबिना सिंह बोहरालाई सहयोग जुटन थालेको छ ।
शिक्षण अस्पतालमा उपचार गरिरहेकी रबिनालाई सांसद राजीव विक्रम शाहले उपचारको लागि सहयोग गरेपछि थप सहयोग जुटन थालेको हो ।
शिक्षण अस्पताल महाराजगंजमा उपचार गरिरहेकी रबिनालाई अस्पतालमै पुगेर सांसद शाहले नगद २५ हजार रुपैया दिएका हुन ।
सांसद शाहको सहयोग लगत्तै जाजरकोटका अर्का सांसद तथा पूर्व गृहमन्त्री शक्ति वस्नेतले पनि बोहरालाई आर्थिक सहयोग गरेका छन ।
बस्नेतको आग्रहमा सामान्य प्रशासन मन्त्री टेकबहादुर वस्नेतका नीजि सचिव सुदाम गौतम, बस्नेतका स्वाकिय सचिव मुक्ति बस्नेत र गृहमन्त्रालयको नीजि सचिवालयमा रहेका झलक केसीले बोहरालाई २ हजार ५ सय रुपैया सहयोग गरेका हुन ।
उनीहरुले बोहरालाई निशुल्क उपचारको लागि पनि सहयोग गर्ने आश्वासन दिएका छन ।
अस्पतालको शैयावाट जीवन रक्षाको लागि सहयोगको याचना गरेको थाहाँ पाउन वित्तिकै अस्पतालमै पुगेर रबिनालाई सहयोग गरेको सांसद शाहले बताए ।
वोनम्यारो पीडित रविनाको आर्थिक अभावले गर्दा उपचारमा समस्या भएको नेपाल समाचार पत्र दैनिक र रारा खवर डटकममा प्रकाशित भएको थियो ।
समाचार पढेपछि तत्कालको लागि रबिनाको उपचारको लागि २५ हजार रुपैया सहयोग गरेको पनि सांसद शाहले वताए ।
सांसद शाहले वोनम्यारो प्रत्यारोपन गर्ने वेला रबिनालाई आफनो तर्फवाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।
उनले भने, वोनम्यारो प्रत्यारोपन गर्ने वेला अस्पतालमा लाग्ने अप्रेसन चार्जमा केही छुट गर्ने पहल गर्छु । ६ महिनादेखि शिक्षण अस्पताल काठमाडौमा उपचार गरिरहेकी रविनालाई रकम अभावले गर्दा थप उपचारमा समस्या भएको समाचार पत्रकार प्रकाश पन्तले नेपाल समाचार पत्र दैनिक, राराखवर डटकममा लेखेका थिए ।
उनले रविनालाई बचाउनको लागि सामाजिक संजाल मार्फत अभियान पनि चलाएका छन ।
उनले यो अभियानलाई साथदिदै संसाद लगायत विभिन्न व्यक्तिहरुले रबिनालाई उपचारको लागि सहयोग गर्न थालेका छन ।
रोग पत्ता लागेदेखि अहिलेसम्म उनको उपचारमा ५ लाख रुपैया खर्च भैइसकेको छ ।
अस्पतालको शैयाबाट बिरामी रबिनाले निःशुल्क उपचारको व्यवस्था मिलाएर आफना ज्यान बचाउन सवैसँग आग्रह गरेकी छन ।
अस्पतालले वोन म्यारो प्रत्यारोपन गर्न ३० लाख रुपैया खर्च लाग्ने बताएको रबिनाका श्रीमान राजेन्द्र बोहराले जानकारी दिए
रबिनाको उपचार गदै आएका शिक्षण अस्पतालका डा.अन्जान श्रेष्ठले रबिनालाई वोनम्यारो नै प्रत्यारोपन गर्नु पर्ने वताए ।
उनले वोन म्यारो पत्यारोपन गर्न कम्तिमा पनि १५ देखि ३० लाख रुपैया खर्च हुने वताए ।

प्रकाशित मितिः ३० भाद्र २०७४, शुक्रबार ०६:५७

Leave a Reply

Your email address will not be published. Required fields are marked *