निशुल्क स्वास्थ्य शिविर

सुर्खेत, १९ फागुन ।
नेपाल बाल पोली क्लिनिक र वीन्स फाउण्डेसनको प्राविधिक सहयोगमा बीरेन्द्रनगर ४ भैरवस्थानमा ६० वर्ष माथीका जेष्ठ नागरिकको लागि निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।
शिविरमा ९२ जना सुगर र प्रेसरका विरामी जेष्ठ नागरिकलाई निशुल्क उपचार गरिएको शिविरको संयोजन गनु भएका सिनियर अहेव रेशमलाल गौतमले जानकारी दिनुभयो ।
शिविरमा कतिपय जेष्ठ नागरिकलाई फिजियो थेरापी सेवा पनि दिइएको उहाँले बताउनु भयो । शिविरमा सुगर पहिचान भएका ६३ जना जेष्ठ नागरिकलाई क्षेत्रीय अस्पतालमा थप उपचार गरिनेछ ।
शिविरमा सिनियर अहेव गौतमका साथै नेपाल बाल पोली क्लिनिकमा कार्यरत एचए दलबहादुर विक, रेजिना थापा, ल्याव टेक्निसियन निरज ढकाल, ल्याव सहायक निर्माला शाही, वीस फउडेसनका गगन बस्नेत र प्रेम गुरुडले स्वास्थ्य परिक्षण र फिजियो थेरापी गर्नु भएको थियो ।
नेपाल बाल पोली क्लिनिक र वीन्स फाउण्डेसनको अगुवाईमा यसअघि पनि सुर्खेतका विभिन्न ठाउँहरुमा बालबालिकाहरुको लागि पनि निशुल्क स्वास्थ्य शिविरहरु भएका छन ।

प्रकाशित मितिः १९ फाल्गुन २०७४, शनिबार १४:३९

Leave a Reply

Your email address will not be published. Required fields are marked *