छोराको नाममा पोषण पुर्नस्थापना गृहलाई वाटर डिस्पेन्र प्रदान

सुर्खेत, १ चैत्र ।
सुर्खेतमा रहेको पोषण पुर्नस्थापना गृहका आमा र बच्चालाई सफा पिउने पानी व्यवस्थापनमा सहयोग पु¥याउने उद्देश्यले वाटर डिस्पेन्सर प्रदान गरिएको छ ।
मध्यपश्चिम विश्वविद्यालयका उपप्रध्यापक ललितजंग शाही र उहाँकी धर्मपत्नी सुआहारा परियोजनाका मातृ तथा वालशिशु स्वास्थ्य अधिकृत सृजना ढकालले वाटर डिस्पेन्सर प्रदान गर्नु भएको हो । 
शाही दम्पतिले छोरा सानिध्यजंग शाहीको नाममा बुधवार पोषण पुर्नस्थापना गृहका इन्चार्ज प्रभा सिहलाई वाटर डिस्पेन्सर हस्तान्तरण गर्नु भएको छ ।
वाटर डिस्पेन्सरवाट महिला तथा बालबालिकाको लागि आवश्यकता अनुसार चिसो र तातो पानी प्रयोग गर्न सकिन्छ ।
वाटर डिस्पेन्सरले पोषण पुर्नस्थापना गृहमा रहेका आमा, बच्चा र कर्मचारी पनि प्रत्यक्ष लाभान्वित हुनेछन ।
वटर डिस्पेन्सर गृहका लागि अति आवश्यक भएको र यसले सफा पिउने पानीको व्यवस्थापनमा सहयोग पुग्ने भएकोले छोराको नाममा प्रदान गरिएको परियोजनाका अधिकृत ढकालले बताउनु भयो ।
अनुगमनको सिलसिलामा पुर्नस्थापना गृह जाँदा वाटर डिस्पेन्सर आवश्यक देखिएकोले आफनो पहलमा प्रदान गरिएको पनि उहाँले बताउनु भयो ।
वाटर डिस्पेन्सर ग्रहण गदै गृहमा इन्चार्ज सिंहले अव आमा र बच्चाको लागि भनेको वेला तातो र चिसो पानी उपलव्ध गराउन सकिने भन्दै वाटर डिस्पेन्सर सहयोग गर्नु भएकोमा हृदयदेखि नै आभार व्यक्त गर्नुभयो ।

प्रकाशित मितिः १ चैत्र २०७४, बिहीबार ०६:१८

Leave a Reply

Your email address will not be published. Required fields are marked *