जाजरकोटको गाउँमा खानेपानी अभाव, स्थानीय आकाशे पानीको भरमा

बद्री पन्त
जाजरकोट, २ असोज ।
जाजरकोटको नलगाड नगरपालिका ३, चाँवलेचौर र सानावन गाउँमा खाने पानीको अभाव छ । गाउँमा आपुर्ती हुदै आएको खानेपानी बाढी पहिरोले क्षेती गरेपछि खानेपानीको अभाव भएको हो ।
गत साउन २९ गतेको भारी बर्षापछि आएको बाढी पहिरोले गाउँमा आपुर्ती हुदै आएका ट्याङकी र पाइप लाइन बगाउदा स्थानीय बासिन्दा शुद्ध पिउने पानीको सुबिधाबाट बन्चित भएका छन् । बाढीले ठुलामुल खानेपानी योजना ट्याङकी र पाइप लाइन, नयाँ खोली खानेपानी योजनाको ट्याङकी र पाइप लाइन, बगरछाना खानेपानी योजना, नहकुली सिचाई तथा खानेपानी योजना लगाएत ८ वटा खानेपानी योजना क्षेती गरेपछि चावलेचौर र सानावन गाउँका बासीन्दा र विद्यालयका वालवालिका आकाशे तथा खोलाको दुषित पानी खाना बाध्य भएका छन । २०४४ सालमा निर्माण भएको बगरछान खानेपानी योजना बन्द भएको स्थानीय हर्कबहादुर बिष्टले बताउनु भयो ।
चावलेचौर स्थित नेपाल राष्ट्रिय प्राथामिक विद्यालयका १ सय वालवालिका पनि आकाशे पानी खादै आएका छन । भने सानावन स्थित लालिगुरास प्राथामिक विद्यालयका वालवालिका पनि नजिकैको खोलामा गएर पानी खाने गरेका छन । सानावनका २३ परिवार गाउँ नजिकैको वग्ने खोलाको दुषित पानी प्रयोग नगरी सुकै छैन । ट्याङकी र पाइप लाइन बाढीले वगाएर लगेपनि १ महिना देखि खोलाकै पानी खानु परेको हो । नगरपालिका तथा जिल्ला खानेपानी कार्यालय लगाएत निकायमा पानीको तत्काल व्यवस्था गर्न माग गरेपनि कुनै सुनवाइ नभएको स्थानीय मिश्रीबहादुर पुनले बताए ।
त्यसैगरी चावलेचौर र भदाले गाउँका १ सय घरपरिवार आकाशे पानी संकलन गरेर खादै आएका छन । स्थानीय शुद्ध पिउने पानीको सुविधाबाट वन्चित भएका छन् । मान्छेलाई मात्र होइन पशुबस्तुलाई पनि पानी खुवाउन समस्या भएको छ । आकाशे तथा खोलाको धमिलो पानीेको भर पर्न वाध्य छन् । आकाशबाट पनि पानी नपर्दा र खोलाका मुलहरु सुक्दै जान थालेपछि समस्या जटिल बन्दै जाने स्थानी मृर्षीबहादुर पुनले बताउनु भयो ।


परिवारका १ सदस्यको काम दैनिक पानी ओसार्न मै वित्ने गरेको छ । खानेपानी अभावमा दैनिक सरसफाई लगाएत कार्य गर्न समस्या छ । स्थानीयबासीले दुषित पानी नपिई नहुने अवस्था भएको हो । गाउमा शुद्ध पानी नहुँदा आगुन्तुक पनि बास नबसेरै जाने गरेका छन् । पानीको अभावमा गाउका चर्पी प्रयोग गर्न समस्या भएको छ । स्थानीय खोला खोल्सामा, जंगल खुला स्थानमा दिशापिसाव गर्ने गरेका छन् । स्थानीय बासिन्दा पानी जन्य रोगबाट पिडित छन । पढ्नेलेख्ने बालबालीकाको समय पनि पानी ओर्सानमै वित्ने गरेको छ । वर्षातको बलेद्रे पानी संकलन गरेर खानु पर्ने बाध्यता भएको स्थानीय जनकबहादुर पुनले उल्लेख गरे ।

प्रकाशित मितिः २ आश्विन २०७५, मंगलवार २२:२४

Leave a Reply

Your email address will not be published. Required fields are marked *