बद्री पन्त
जाजरकोट १०, माघ
जिल्लाको कुशे गाउँपालिकाले जनताको घर आँगनमा गएर विभिन्न सेवाहरु दिने भएको छ । गाउँपालिकाले बिहिबार देखि ५ दिनको विशेष कार्यक्रम वनाएर आफनो गाउँपालिकाका विकट वस्तीहरुमा विभिन्न सरकारी सेवाहरु एक साथ दिन लागेको हो ।
नागरिक्ता वितरण, सामाजिक सुरक्षा भत्ता वितरण, जेष्ठ नागरिकहरुका लागि न्यानो फाइवर सिरक वितरण, ७० वर्ष पुगेका जेष्ठ नागरिकहरुको निशुल्क स्वास्थ्य जाँच, अपांगहरुलाइ परिचय वितरण, फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता, गरिव घर परिवारहरुलाइ परिचय पत्र वितरण,जुनोसिस रोगवारे जनतालाइ जानकारी दिने तथा चेतना फैलाउने, रेविज रोग विरुद्ध खोप दिने र औषधी वितरण गर्ने, किसानहरुलाइ तरकारीका विउ विजन वितरण तथा परामर्ष गर्ने लगाएत अन्य जनसेवाका कामहरु एक हप्ताको समय वनाएर वितरण गर्न लागिएको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र वस्नेतले वताउनु भयो ।
माघ १० गते देखि १५ गते सम्म विभिन्न जनसेवाहरुलाई जनताकै घरमा पुगेर प्रदान गर्ने कार्यक्रमका साथ काम तय गरिएको छ बस्नेतत बताउनु भयो । स्थानीय सरोकारवाला निकाय, सरकारी कर्मचारीहरु,राजनैतिक दलका प्रतिनिधिहरु, पत्रकारहरु,स्वास्थ्यकर्मीहरु र जनप्रतिनिधिहरुको सहभागितामा आफुहरुले जनतालाइ उनीहरुको घर आँगनमै पुगेर सेवा दिने कार्यक्रम वनाएको हो । गाउँपालिकाका विभिन्न वडाहरुमा सेवा दिने स्थल र समय समेत तोकिएको छ ।
अध्यक्ष वस्नेतका अनुसार माघ १० गते वडा नम्वर ५ का जनताका लागि ढिमे स्वास्थ्य चौकीमा , माघ ११ गते वडा नम्वर ६ र ७ का जनताका लागि दिपेन्द्रमावि घरंगामा, माघ १२ गते वडा नम्वर ८ र ९ का जनताका लागि मालुतडामा, माघ १३ गते वडा नम्वर ३ र ४ का जनताका लागि पैंकको चौरीखेतमा र माघ १४ गते वडा नम्वर १ र २ का जनताको लागि कालीका डाडामा विशेष शिविर राखेर विभिन्न सरकारी सेवाहरु प्रदान गर्न लागिएको हो ।
गाउँपालिकाले सार्वजनिक सुचना जारी गर्दै शिविर हुने समयमा स्थानीय जनतालाई उपस्थित हुन अनुरोध गरेको छ । स्थानीय सरकारका कामहरुलाई जनमुखी वनाउन आफुहरुले विशेष शिविर मार्फत यी सेवाहरु जनताकै गाउँघरमा दिन लागेको गाउँपालिकाका उपाध्यक्ष रामछाया शाहीले जनाउनु भयो ।
अशसक्त जेष्ठ नागरिकहरु, विपन्न नागरिकहरु, अपांग नागरिकहरु र विरामी जनताहरुलाइ उनीहरुकै पायक पर्ने ठाउँमा स्थानीय सरकारको सेवा लिएर दिने आफुहरुको वाचा अनुसार यस्तो कार्यक्रम राखिएको उपाध्यक्ष शाहीले वताउनु भयो ।
सरकारी कार्यालय र निकायमा सवै जनताको पहुच नभएकोले यस्तो विशेष शिविर मार्फत जनतालाई सेवा प्रदान गर्ने कार्यक्रम वनाएको हो । आगामी दिनमा पनि हामी यस्ता कार्यक्रमहरुलाइ जनताकै घर आँगनमा पुरयाउने शाहीले बताउनु भयो ।
अपांग परिचय पत्र र गरिव घर परिवार परिचचय पत्र लिनका लागि तीन प्रति पासपोर्ट साइजको फोटो र नाकरिक्ताको प्रतिलिपि साथैमा ल्याउन गाउँ पालिकाको कार्यालयले अनुरोध गरेको छ । विभिन्न सरकारी सेवा गाउँमै पाउने भएपछि स्थानीयबासी हर्षित भएका छन ।