सहकारीका सदस्यहरु चनाखो हुनुपर्छ – सदस्य पदम दाहाल

20160906_101830
पदम दाहाल सदस्य राष्ट्रिय सहकारी संघ संचालक समिति

राष्ट्रिय सहकारी संघ संचालक समितिका सदस्य पदम दाहाल २०७१ साउन २३ गतेवाट वाट ५ वर्षको लागि सदस्यमा चयन हुनु भएको थियो । २०४० सालमा पहिलो पटक सहकारी संस्थामा आवद्ध भएका उहाँले साझा सहकारी संस्थावाट सहकारी यात्रा थाल्नु भएको थियो । २०५३ सालदेखि नियरन्तर सहकारी आन्दोलनमा सक्रिय दाहालसँग नेपालमा सहकारीको अवस्था, सहकारीले राष्ट्रको लाग गरेको योगदान, यसका फाइदा लगायतका वारेमा राराखवरले गरेको कुराकानी सारसंक्षेप
सहकारी भनेको के हो ?
अहिले व्यक्ति एक्लैले मात्र केही गर्न सक्दैन । कुनै पनि काम सामुहिक गर्दा नै सवैलाई फाइदा हुन्छ । सामुहिक रुपमा काम गर्नको लागि स्थापना गरिएको संस्था नै सहकारी हो । अर्थात सहकार्य नै सहकारी हो । सवै सहकार्यहरु सहकारी हुदैनन । कानुनी रुपमा गरेको सहकार्य नै सहकारी हो ।
नेपालमा सहकारीको अवस्था कस्तो छ ?
नेपालमा सहकारीहरु एकदमै फस्टाउदो अवस्थामा छन । २०७२ सालको असार मसान्तसम्ममा नेपालमा ३२ हजार ६ सय ६३ सहकारी रहेका छन । जिल्ला स्तरीय संघहरु ३ सय २१, केन्द्रीय संघहरु २० वटा छन । बहुउदेसिय, बचत, दुग्ध लगायतका संघहरु रहेका छन । वितिय आवश्यकता पुरा गर्नको लागि सहकनरी बैंक छ । सवैको छाता संघ भनेको राष्ट्रिय सहकारी संघ हो । अहिले सहकारी शेयर सदस्य ५१ लाख छन ।
मध्यपश्चिम क्षेत्रमा सहकारीको अवस्था कस्तो छ ।
यस क्षेत्रमा ३ हजार ३ सय २१ वटा सहकारी संस्था छन । सहकारीमा पुरुष २० हजार ६ सय ९० र महिला ८ हजार २ सय ५२ गरी २८ हजार ९ सय ४५ जना संचालक समितिमा छन । शेयर सदस्यहरु ४ लाख १४ हजार ४ सय ६० जना छन । जसमा महिलाको संख्या २ लाख १८ हजार ९ जना र पुरुषको संख्या १ लाख ९६ हजार ४ सय ५२ जना रहेको छ । यस क्षेत्रमा ३ हजार ३१ जना कर्मचारी सहकारीमा छन ।
सहकारीमा कति महिला आवद्ध छन ?
महिलाको उत्साहजनक सहभागीता सहकारीमा छ । ४४ प्रतिशत महिला र ५४ प्रतिशत पुरुष सहकारीमा आवद्ध छन । ३४ प्रतिशत सहकरीको नेतृत्व महिलाले गरेका छन । महिला संचालक ९१ हजार १ सय ९६ जना छन । यो संख्या सहकारीको समिति भित्र रहेकाहरुको हो । पुरुषको संख्या १ लाख ७६ हजार ५ सय २६ छ । सहकारीमा सवै संचालक २ लाख ६७ हजार ९ सय ८८ जना रहेका छन ।
यस्तै शेयर सदस्यमा महिलाको संख्या २२ लाख ८१ हजार ९ सय ३५ र पुरुषको संख्या २८ लाख ३४ हजार ९ सय ८५ गरी ५१ लाख ३ हजार ७० जना सहकारीमा आवद्ध छन ।
कुल शेयर पुँजी कति छ ?
नेपालका सवै सहकारीको गरी ६३ अर्व शेयर पुजी छ । बचत निक्षेप २ सय २ अर्ब रहेको छ । लगानी १ सय ८८ अर्व रहेको छ । सहकारीले ५७ हजार ८ सय ५४ जनालाई प्रत्यक्ष रुपमा रोजगारी दिएका छन । कार्यालय सहयोगी देखि बजार प्रतिनिधी हुदै प्रवन्धसम्मका कर्मचारीहरु सहकारीमा कार्यरत छन । नेपालको कुल वित्तिय क्षेत्रमा सहकारीको योगदान २१ प्रतिशत रहेको छ ।
नेपालम सहकारी फस्टाउनुको कारण चाँही के हो ?
पहिला सहकारी ऐन राज्यवाट निर्देशित थियो । २०४८ सालपछि नयाँ सहकारी ऐन आएपछि सहकारी खोल्न निकै सजिलो भयो । सर्वसाधारणले आफैले सहकारी खोल्दा अपनत्व महशुस पनि गर्न थाले भने निर्णय गर्ने, संचालन गर्ने सवै जिम्मा नै जनता आफैले गर्न थालेपछि सहकारी खोल्ने संख्या बढेको हो । अर्को कुरा आर्थिक समस्या पर्दा पनि साहुकोमा ऋण खोज्न जानु परेन । आफैले जम्मा गरेको रकम चाहिएको वेला ल्याएर चलाउन सकिने भयो । जसले गर्दा आर्थिक, समाजिक र साँस्कृतिक पक्षमा पनि जनतावीच एकता भयो ।
10400329_1731723370447527_5107679779495899322_nसहकारीका चुनौतिहरु के के छन ?
सहकारी शिक्षाको अभाव छ । अरु व्यवसाय र सहकारीवीचको भिन्नता पहिचान गर्न नसक्दा पनि समस्या देखिएको छ । सहकारीले धेरै कुराहरु गर्न सक्छन तर अहिले अधिकाश सहकारीहरु ऋण लिने दिने कुरामा मात्रै सीमित छन । सहकारी स्वायक्त निकाय हो । त्यसैले साधारण सदस्यहरु चनाखो हुनुपर्छ । कतिपय कुराहरु भित्र एउटा हुन्छ वाहिर अर्को भएर आउछन । सहकारीमा शेयर सदस्यले मात्र कारोवारो गर्नूपर्छ । त्यो भन्दा वाहिरका व्यक्तिले गर्नु हुदैन । सहकारीमा १० लाख रुपैयासम्म वचत गर्दा स्रोत खोल्नु पदैन । त्यो भन्दा माथिको वचत गर्दा आम्दानीको स्रोत खुलाउनु पर्छ ।
संचालकहरु भागेर जाने प्रबृत्ति पनि छ नि हैन ?
कतिपय सहकारीमा यस्तो समस्या पनि देखिएको छ । तर साधारण सदस्यको रकम लिएर भाग्न त्यति सजिलो छैन । त्यसैले पनि साधारण सदस्यहरु आफनो सहकारी प्रति सधै सजक र चनाखो हुनुपर्छ ।

बचत गर्दा होस वा ऋण लिदा धेरै कुरामा ध्यान दिनुपर्छ । बजार प्रतिनिधीको मात्र विश्वास गरेर हुदैन । सहकारीमा को को संचालकहरु को–को हुन । उनीहरु कस्ता छन । सहकारीले सही ठाउँमा ऋण दिएको छ छैन सवै कुराहरुमा साधारण सदस्यले चाखो राख्नुपर्छ । किनभने बजार प्रतिनिधीले बचत गर्ने रकम घटाउन सक्छन ।

पासवुकमा लेखेको भन्दा कलेक्सन भौचरमा कम रकम लेख्न सक्छन । त्यसैले बचतकर्ताले समय समयमा आफनो बचत वारे जानकारी लिइरहनु पर्छ ।
बचत कर्ताको पैसा ठगेर भाग्ने संचालकलाई कस्तो कारवाही हुन्छ ?
स्थानीय प्रशासनमा उजुरी दिए कारवाही हुन्छ । संचालकले वेइमानी गरी भागेमा ७ वर्ष कैख र १० लाख रुपैया जरिवानाको प्रस्ताव प्रस्तावित ऐनले गरेको छ ।
बचत कर्ताले के के कुरामा ध्यान दिने ?
सहकारीको शेयर सदस्य भएर मात्रै कारोवारो गर्ने, व्यक्तिगत खाताको वारेमा सधै चनाखो हुने, जम्मा गरेको पासवुक समय समयमा रुजु गराउनु पर्छ । साधारण सभामा प्रस्तुत गरिएको लेखा परिक्षण प्रतिवेदन गहिरोसँग अध्ययन गरी वास्तविकता वुृझनु पर्छ । संंस्थाको पुँजी कस्तो ठाउँमा लगानी भएको छ । सुक्षित ठाउँमा भएको छ छैन भनेर पनि ध्यान दिनुपर्छ ।
सहकारीले जनताको जीवनस्तरमा कस्तो परिवर्तन ल्याएको छ ?
सहकारीको कुल ग्राह्स्त उत्पादनमा ४ प्रतिशत योगदान छ । सहकारीले जनतामा बचत गर्ने वानीको विकास, क्षमता अभिबृद्धि, परेको वेला पैसा सजिलै निकाल्न सक्ने भएकोले उनीहरु खुशी नै छन । आर्थिक उन्नतिका साथै संस्थामा आवद्ध व्यक्तिवीच पनि भाइचाराका सम्वन्ध स्थापित गरेको छ ।
सहकारीहरुले कहाँवाट सहयोग प्राप्त गर्न सक्छन ?
सहकारीले आफनो प्रकृति अनुसार फरक फरक कामको लागि विभिन्न सहयोग पाउन सक्छन । जुन उदेश्यको लागि सहकारी खोलिएको हो । उदेश्य अनुरुप नै काम गर्नुपर्छ । उदेश्य एकातिर काम अर्कोतिर गर्नु हुदैन ।

राज्यले गरिवी निवारण कोषामार्फत सहकारीलाई सहयोग गदै आइरहेको छ । कोषले बचत तथा ऋण सहकारीलाई मात्रै ऋण दिन्छ । भने युवा स्वरोजगार कोष, आरएमडिसी, सहकारी विकास वोर्ड लगायतले पनि सहकारी संस्थालाई सहयोग गर्छन ।

सहकारी नीति नियम भित्र रहेर चलेको हुनुपर्छ । विभिन्न निकायहरुले विभिन्न कुराहरुमा प्रस्ताव आव्हान गरेका हुन्छन । त्यसमा प्रस्तावहरु हाल्नु पर्छ ।
अन्त्यमा सहकारीको विकासको लागि के गर्नुपर्छ ?
सहकारी शिक्षामा जोड दिनुपर्छ । पारर्दशिता हुनुपर्छ । बनेका ऐन कानुनको प्रभावकारी कार्यान्वय र पालना हुनुपर्छ । सहकारी संस्थाहरु पनि शेयर सदस्य र बचतकर्ताप्रति उत्तरदायी हुनुपर्छ । त्यसैले सहकारीलाई राम्रो वनायो भने यसवाट धेरै रोजगारी सृजना गर्न सकिन्छ । त्यसैले आत्मनिर्भर अर्थतन्त्र स्थापना गर्न सहकारीको महत्वपूर्ण भुमिका रहेको छ ।

प्रकाशित मितिः ३ आश्विन २०७३, सोमबार ११:४९

Leave a Reply

Your email address will not be published. Required fields are marked *