कारितासद्वारा २६ लाखको स्वास्थ्य सामाग्री प्रदान

टुकमाया घर्ती
जाजरकोट
कोभिड १९ न्युनिकरणको लागि कारितास संस्थाले जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटलाई २६ लाख बढीको स्वास्थ सामाग्री दिएको छ । संस्थाले २० वटा अक्सिजन सिलिन्डर, १० वटा अक्सिजन कन्स्टेटर, ३४ वटा पल्स अक्सिमिटर, १४७ थान माक्स, पिपिइ सेट, ग्लोवस ४५० थान, सर्जिकल माक्स ५१५ बक्स, सर्जिकल ग्लोव १०० बक्स, स्यानिट्याइजर २१० रहेका छन् ।
कारितासले स्वास्थ्य संस्थाको क्षमता विकास, अस्पतालमा नागरिक सहायता कक्ष सञ्चालन, आइसोलेसन केन्द्र संचालन जस्ता काम गरिरहेको छ ।
होम आइसोलेसनमा रहेका बिरामी र उनीहरुका परिवारहरुलाई आवश्यक मनो–सामाजिक परामर्श प्रदानका साथै बिरामी स्वास्थ सुरक्षाको लागि होम आइसोलेसनमा कीट बितरण पनि गरेको जनाएको छ ।


यस्तै एफएम रेडियोहरुबाट कोभिड १९को जोखिम न्युनिकरण गर्न चेतनामुलक सन्देशहरु प्रसारण गरिएको छ । आपतकालीन अवस्थामा सहयोग प्रदान गर्न ३ जना स्वयंसेवकलाई खटाइएको छ ।
स्वयंसेवकहरुबाट १०५ जना पुरुष र १२५ जना महिला गरि २३० जनाले व्यक्तिले मनोपरामर्श लिइको दावी कारितासले गरेको छ ।
सेवालाई प्रभावकारी बनाउन बनाउन हेल्प डेस्क संचालन गरिने र सहायताको लागि ९७०१५७३०३१ मा सम्पर्क गर्न सकिने कारितास नेपालका प्रबन्धक जनक शर्माले बताए ।

आवश्यक स्वास्थ्य सामाग्रीहरु जाजरकोट जिल्ला लगायत १३ जिल्लाहरुलाई बितरण गरिएको शर्माले बताए ।
कोभिड १९ ले जाजरकोट जिल्ला पनि आक्रान्त भएको बेला स्वास्थ्य सामाग्रीले बिरामीहरूलाई धेरै नै राहत पुग्ने अस्पतालका डाक्टर अमिन शाहले बताए ।
उनले आवश्यकता अनुसार सबै पालिकाहरुमा समन्वय गरि स्वास्थ्य सामाग्री गाउँ गाउँमा पठाइने पनि उल्लेख गरे ।

प्रकाशित मितिः २५ श्रावण २०७८, सोमबार ११:५४

Leave a Reply

Your email address will not be published. Required fields are marked *