लागुऔंषध र जनावरकाे छाला सहित दुई जना प्रक्राउ

टुकमाया घर्ती
जाजरकोट
लागु औंषध र जनावरको छलासहित जाजरकोटमा दुई जना प्रक्राउ परेका छन् । वारेकोट गाउँपालिका ४ मैनाका ४३ बर्षियको गणेशबहादुर बस्नेत र ७ का २० बर्षिय हस्त बहादुर प्रक्राउ परेका छन् ।
उनीहरुलाई ५ पोका (चरेश) र जनावरको सुकेको छालासहित प्रकाउ गरिएको प्रहरीले जनाएको छ । लागु औषध चरेस १३४ ग्राम, पुच्छरदेखि टाउकोसम्म २ फिट १० ईन्च लम्बाई भएको ओंत जस्तो देखिने जनावरको चारैवटा खट्टासहितको पुरै छाला रहेको छ ।
भेरी नगरपालिका १२ बारेलामा लुकीछिपी बसेको भन्ने सुचनाको आधारमा उनीहरुलाई प्रक्राउ गरिएको हो । प्रहरी निरीक्षक शिवकुमार क्षेत्री नेतृत्वको प्रहरी टोलीले उनीहरुलाई प्रक्राउ गरेको हो ।
उनीहरुलाई अदालतबाट म्याद थप गरी विस्तृत अनुसन्धान थालिएको जाजरकोटका प्रहरी प्रमुख मधुकुमार थापाले बताए ।

प्रकाशित मितिः २३ भाद्र २०७८, बुधबार ०६:४६

Leave a Reply

Your email address will not be published. Required fields are marked *