महिला हिसां बिरुद्व १६ दिने अभियान

माया घर्ती

जाजरकाेट भेरी नगरपालिकाकाे जाजरकोटले मङ्सिर ९गते देखि २४गतेसम्म महिला हिसां बिरुद्व१६ दिने अभियान सञ्चालन गर्ने भएकाे छ ।भेरी नगरपालिकाकाे महिलाबालबालिका तथा जेष्ठ नागरिकशाखाबाट कार्यक्रम काे बजेट बिनियाेजन गरिएकाे हाे।

घरैबाट सुरु गराै,महिला हिसां अन्त्य गराै भन्ने मुल नारा सहित कार्यक्रम “सञ्चालन गर्ने लागिएको हाे। १६ दिने कार्यक्रमकाे अभियानकाे पहिलाे दिन अर्थात मङ्सिर ९गते कार्यक्रम उद्घाटन र्र्याली सहित जिल्ला बिकास समितिको सभा हलमा कार्यक्रमकाे सभा गरिने भएकाे छ।

लैङ्गिक हिसांसम्बन्धि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ।तेसै गरि कार्यक्रमकाे अन्तिम दिन अर्थात मङ्सिर २४गते लैङ्गिक हिसांकाे सम्बन्धमा हिसांमा परेका महिलालाई प्रतिनिधीत्ब गराएर सम्बन्धि निकायबिचबाट समाधानका उपाय खाेजिने र कानुनका निती नियमकाे चर्चा परिचर्चा गरिनेछ ।

कार्यक्रमलाई प्रभावकारी बनाउन टाेल,गाउँ ,वडाबाट प्र तिनिधीत्व गरेर सम्बन्धित व्यक्ति समेतकाे भाैतिक उपस्थितिमा समस्याकाेपहिचान गरि न्यायका लागि हक र अधिकारका बारेमा समेत छलफल गरि हल खाेजिने महिला बालबालिका तथा जेष्ठ नागरिकशाखाका प्रमुख विपना पाैडेलले जानकारी दिनुभयाे।

कार्यक्रममार्फत अन्यायमा परेका पिडित व्यक्तिको समस्या पहिचान गर्नै ५जनाकाे कार्य बिभाजन भइसकेकाे छ।कार्यक्रममार्फत हिसामा परेका व्यक्तिको समस्या पत्ता लगाउने र कानुनी उपाय खाेज्ने प्रयास गरिने भएकोले कार्यक्रम उपलब्धिमूलक बन्ने पाैडेलले बताउनुभयो ।

प्रकाशित मितिः २३ मंसिर २०७८, बिहीबार १२:०४

Leave a Reply

Your email address will not be published. Required fields are marked *