स्रोत साधन र वुद्धि विवेकले भ्याएसम्म लहँबासीको सेवा गर्छु -वडाध्यक्ष पन्त
जाजरकोट
जाजरकोट नलगाड नगरपालिका ४ लहँका ४ घर परिवारलाई राहात सामाग्री प्रदान गरिएको छ । वडाध्यक्ष बद्री पन्तको पहल र सक्रियतामा नेपाल रेडक्रस जाजरकोटले त्रिपाल लगायतका राहात सामाग्री दिएको हो ।
नेपाल रेडक्रम सोसाइटी जाजरकोटका सभापति हरिबहादुर बस्नेतले अविरल बर्षाका कारण घर भक्केका परिवारलाई त्रिपाल लगाएतका सामग्री प्रदान गरिएको बताए । उनले भने, वडाध्यक्ष पन्तको आग्रहमा राहात सामाग्री प्रदान गरिएको छ ।
उक्त सामाग्री वडाध्यक्षले खलंगाबाट बुझेर आफले लिएर घरघरमै पुगेर बाँडेका थिए । सिस्नेरी सुनिता विकलाई त्रिपाल, लत्ताकपडा भाडाकुडा, राताभीरका कालिबहादुर थापा, मायाडाँडाका ललितबहादुर रावल र सार्कीबाराका हाँसीराम सार्कीलाई १२ वाई १८ का एक एक थान त्रिपाल दिएको वडा सचिव सुरेन्द्र रावलले बताए ।
यस्तै नलगाड ४ प्यारघाराकी अमृता सार्कीलाई घरमै पुगेर वडाध्यक्षले सुत्केरी सामग्री पनि प्रदान गरेका थिए । राहात सामाग्री पाएका सवैले खुशी व्यक्त गदै वडाध्यक्षलाई पहल र सक्रियताको लागि आभार व्यक्त गरेका छन् ।
निर्वाचित भएदेखि नै वडाध्यक्षले आफुहरुको सुख दुखमा साथ र सहयोग गदै आइरहेको भन्दै लहाँबासीले आफुहरुलाई दुख पर्दा वडासरकार बाहेक अरुको भर भएको पनि बताउँछन् । पाल हस्तान्तरणमा स्थानीय समाजसेवी हिरालाला रावललगायतको सहमागीता रहेको छ ।
पाल प्रदान गदै वडाध्यक्ष पन्तले आफु लहँबासीलाई अप्ठ्यारो पर्दा जस्तो सुकै साथ र सहयोग गर्न पछि नपर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भने, आफुलाई परेको समस्या संकोच नमानेर भन्नुहोला, म तपाईहरुको सेवाको लागि आएको हुँ । स्रोत साधन, वुद्धि र विवेकले भ्यायसम्म तपाईहरुको सुख दुखमा साथ दिन्छु । ढुक्क रहनु होला ।