५ वर्षभित्रै बन्ने भो नलसिंगाड जलविद्युत आयोजना

IMG_1463

बद्री पन्त
जाजरकोट ३२, जेठ
बहुचर्चित नलसिंगाड जलविद्युत आयोजनाको पहँुच मार्ग जोड्ने सडक र आयोजनाको आवास गृह भवन निर्माणको काम तिव्र गतिमा अघि बढेको छ । ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम भैइरहेको छ ।
अहिले लहँ– ६ कालिमाटीदेखि सक्ला गाविस –१ लैखमको अधेरी खोलासम्मको १०.८ किलोमिटर पहुँच मार्ग सडक निर्माणको काम अघि वढेको छ । २२ करोड लागतमा आयोजना निर्माणको काम थालिएको छ । खगेनकोट १ दल्लीमा ५ करोड ५० लाख लागतको २ वटा आवास गृह भवन निर्माणको रफतारमा भैइरहेको छ ।
IMG_1232 अवास निर्माण भइैरहेको आवास भवन ।

कालिमाटी, गेरेनी चिमेरे पानीसम्मको ३ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ । सडकको विभिन्न स्थानमा माटो कटीङ्ग, टेवा पर्खाल, कडा चट्टानमा बलाष्टिङको काम भैइरहेको साइट इन्र्चाज हरिबहादुर ओलीले बताए ।
जाजरकोट सदरमुकामबाट २० कोष पुर्व स्थित सक्ला र खगेनकोट गाबिसमा आयोजनाको पहिचान भएको २७ बर्ष पछि ४ सय १० मेघावाट विद्युत उत्पादन क्षमताको आयोजना निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ । IMG_1474नलसिंगाड जलविद्युत आयोजनाको पहँुच मार्ग जोड्ने सडक ।

आयोजना निर्माण स्थलमा आफ्नो कार्यालय स्थापना गरी प्रभावित क्षेत्रका बासिन्दाको जग्गा अधिग्रहण, मुआब्जा वितरण गर्ने काम सुरु गरेको छ । २०७८ सम्म आयोजनाको निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाको निर्माण लागत एक सय अरब लाग्ने अनुमान गरिएको छ ।

प्रकाशित मितिः ३२ जेष्ठ २०७३, मंगलवार ०६:०६

Leave a Reply

Your email address will not be published. Required fields are marked *