जाजरकोटका प्रहरी नयाँ भवनमा

IMG_1667
खगेनकोट १ दल्ली स्थित इलाका प्रहरी कार्यालयको नव निर्मीत भवन ।
DSC04231
इलाका प्रहरी कार्यालय पाँचकाटियाको नव निर्मीत भवन ।

बद्री पन्त
जाजरकाट ४, असार
युद्धको समयमा माओबादीले ध्वस्त बनाएका जाजरकोटका प्रहरी चौकीका नयाँ भवन निर्माण थालिएको छ । भवन निर्माण भएपछि दुर्गम गाउँहरुमा सर्वसाधारणसगँ पहुँच विस्तार गर्न प्रहरीलाई सजिलो भएको छ ।
शान्ति तथा पुननिर्माण मन्त्रालयको लगानीमा भवन निर्माणको काम अगाडि बढेको हो । सशस्त्र युद्धको समयमा माओवादीले जाजरकोटका दर्जन बढी प्रहरी चौकी ध्वस्त पारिएका थिए । जिल्लाका २७ वटा प्रहरी युनिटमा २२ वटा युनिट भाडामा बस्दै आएका छन् ।
सरकारले शान्तिका लागि पुननिर्माण अभियान भन्ने नारा सहित जाजरकोटका पहिलो चरणको १ करोड ६ लाख ८८ हजार लागतमा पाँचकाटीया, बराबन, दोस्रो चरणको ७७ लाख ३१ हजार लागतमा पञ्चाला दहको भवन निर्माण भएको छ । तेस्रो चरणको ७८ लाख ७४ हजार लागतमा दल्ली इलाका प्रहरी कार्यालय भवन निर्माण भएको हो । आफ्नै नयाँ भवन निर्माण भएपछि दैनिक काम काज गर्न धेरै सहज भएको इलाका प्रहरी कार्यालय दल्लीका इन्चार्ज दामोदर अधिकारीले बताए ।
जिल्लाका रग्दा, रिम्ना, सेपुखोला, रामीडाडा, पैंक, गर्खाकोट, अर्छानी, सीमा, जगतीपुर लगाएत भवन नहुदा भाडामा बस्दै आएका छन् । सदरमुकाम स्थित जिल्ला प्रहरी कार्यालयको भवन बाहेक अन्य भवन ध्वस्त पारिएका थिए । भवन अभावमा प्रहरीले भाडामा र स्थानीयको सहयोगमा कार्यालय सञ्चालन गर्दै आएको प्रहरी नायव उपरिक्षक दानबहादुर मल्लले बताए । बाँकी रहेका भवन निर्माणको लागि विभागमा माग गरिएको मल्लले बताए ।मध्यपश्चिमका १५ जिल्लामा ध्वस्त भएका २ सय २४ प्रहरी संरचनामध्ये १ सय २१ वटा भवन निर्माण हुन रहेका मध्य पश्चिम प्रहरी प्रमुख डिआईजी माधम नेपालले बताए ।

प्रकाशित मितिः ४ असार २०७३, शनिबार ०७:५६

Leave a Reply

Your email address will not be published. Required fields are marked *