जनतासगै चट्टान फोड्दै सेना

index
जाजरकोट–डोल्पा सडक निर्माणको क्रममा चट्टान फोड्दै सेना र जनता ।

बद्री पन्त
जाजरकोट, ५ असार ।
एक बर्ष भित्रमा डोल्पा सदरमुकाम दुनैमा मोटर पुर्याउने सरकारी लक्ष्यका साथ जाजरकोट–डोल्पा भेरी कोरीडोर मार्गको निर्माणको काम तीव्र गतिमा अगाडि वढेको छ ।
नेपाली सेनाको सडक निर्माण कार्य दलले निर्माणको काम दुरुत गतिमा अघि बढाएको हो । सरकारले २०६४ सालमा नेपाली सेनालाई जाजरकोट डोल्पा सडकको निर्माणको जिम्मा दिएको थियो ।
सेनाले जाजरकोटको मनमई, तल्लु, रुकुमको मनकाबगर, डोल्पाको त्रिवेनी, खदाङ्ग लगाएत ६ स्थानमा सुरक्षा बेस क्याम्प स्थापना गरेर सडक निर्माण कार्यलाई तीब्रता दिएको छ ।
यो मार्ग माथिल्लो डोल्पा हु“दै तिब्बतको नाका जोड्ने उत्तर – दक्षिण लोक मार्ग बन्ने बताएको छ ।
१ सय १८ किलोमीटर लम्बाईकोे जाजरकोट–डोल्पा सडकको १०२ किलोमिटर ट्रयाक निर्माण भएको छ ।
जाजरकोट र रुकुम खण्डको ७३.५ किलोमीटर सडकमा यातायात संचालन आएको सडक निर्माण कार्यदलका प्रमुख सेनानी विश्व बन्धु पहाडीले बताउनु भएको छ ।
जाजरकोट खण्डको ४६ किलामीटर सम्पन्न भएको छ भने रकुम खण्डको ३१ किलामीटरमा ३०.५ पनि सम्पन्न भैइसकेको छ ।
डोल्पा खण्डको ४१ किलामीटर मध्ये २५ किलोमिटर ट्रयाक खुलिसकेको रे १६ किलामीटर ट्रयाक खोल्न बा“की रहेको वताएको छ ।
डोल्पा खण्डको बजारे भीर, साङ्ले भीर, चिण्डे, ओडारे, करवगार लगाएत २२ भीरको कडा चट्टान काट्न बा“की छ ।
असार मसान्तसम्म रुकुम खण्ड पुरा गरेर डोल्पाको सिमाना त्रिवेनीमा यातायात पुग्ने सेनाले जनाएको छ ।
सडक निर्माणमा अहिलेसम्म ६० करोड रकम खर्च भई सकेको छ ।

प्रकाशित मितिः ५ असार २०७३, आईतवार ११:२३

Leave a Reply

Your email address will not be published. Required fields are marked *