बाढी पहिरोबाट विस्थापितको विचल्ली

बद्री पन्त
जाजरकोट २०, असार
लगातारको बर्षापछिे जाजरकोटको लहँ गाविस ६ पोखरास्थित कैचु खोलामा आएको बाढीले खाराज्यूलामा ३० घरको ५० रोपनी खेतमा लगाएको धान बाली नस्ट गरेको छ ।
वाढीले स्थानीय अमृत ओली र पृर्थीबहादुर ओलीको घर पनि पुरेरको गोपाल कुसारीले जानकारी दिए ।
बाढीले कैचुखोलामा रहेका ६ वटा पानी घट्ट बगाएर लगेको पनि उनले वताए ।
पानी घट्ट बगाए पछि पोखरा गाउँका स्थानीयलाई पिठो पिस्न समस्या भएको छ ।
नलसिंहगाड जल विद्युत आयोजनाको पहुच मार्ग सडक खन्दा थुप्रेको माटोको कारण वाढी आएको स्थानीयले गुनासो गरेका छन ।
पहिरोबाट विस्थापित परिवारको विचल्ली
गत असार १५ गते गुर्सेखोलामा आएको बाढी पहिरोले बस्ने घरबासे लह“ ४ घुवाराका २ घर परिवारको विचल्ली भएको छ । बलबहादुर रावल र सर्वजीत दमाईको परिवारको विचल्ली भएको हो ।
वाढीबाट रावलको २ कोठे घर र शौचालय तथा दमाईको दुई कोठे घर भत्काएको थियो । उनीहरु अहिले विद्यालयको भवनमा बसेका छन ।

प्रकाशित मितिः २० असार २०७३, सोमबार १२:३३

Leave a Reply

Your email address will not be published. Required fields are marked *