समयमै उपचार नपाउदा ज्यान गयो

जाजरकोट २५, असार ।
पुल मर्मतको लागि वालुवा निकाल्ने ढिस्कोले पुरिएर जाजरकोटमा एक जनाको मृत्यु भएको छ ।
जाजरकोटको तल्लुवगर र रुकुमको गोतामकोट जोड्ने भेरी नदी माथिको झोलुङ्गे पुलको मर्मतको लागि बालुवा निकाल्ने क्रममा ढिस्कोले पुर्दा घाईते भएका भगवती गाविस –१ का ४४ बर्षीय मोहन विक ज्यान गएको हो ।
घाइते भएका विकलाई उपचारको लागि खलंगा ल्याउदै गर्दा वाटोमै ज्यान गएको आफन्तले जनाएका छन ।
पुल मर्मत समितिका अध्यक्ष समेत रहेका मोहनलाई गम्भिर चोट लागेको तर नजिकमा भरपर्दो उपचारको व्यवस्था नहुँदा ज्यान गएको स्थानिय किशोर मल्लले बताउनु भयो ।

प्रकाशित मितिः २५ असार २०७३, शनिबार ००:३६

Leave a Reply

Your email address will not be published. Required fields are marked *