अरिङ्गालले टोक्दा २ वालकको मृत्यु

बद्री पन्त
जाजरकोट ३०, साउन
जाजरकोटको भेरीमालिका नगरपालालिका ७, पुन्माको खातीगाँउमा अरिङ्गालले टोकेर २ बालकको मृत्यु भएको छ भने १ घाईते भएका छन् ।
अरिङ्गालले टोकेपछि खातीगाँउका ५ बर्षिय रिजन पुन र ३ बर्षिया भावना पुनको मृत्यु भएको छ ।
अरिङ्गालले टोकेर ७ बर्षीय कविता पुन घाइते हुनु भएको छ ।
मकैबारीमा बाँदर धपाउन गएका उनीहरुलाई अरिङ्गालले टोकेर घाईते बनाएको थियो ।
मकैबारी नजिक रहेको गोलो चलाई दिएपछि उनीहरुलाई अरिङ्गालको हुलले टोकेको हुन सक्ने वताएको छ ।
अरिङ्गालको टोकाइबाट गम्भीर घाईते भएका उनीहरुको उपचारको अभावमा मृत्यु भएको हो ।
दुबैैको गयराती ९ बजे मृत्यु भएको स्थानीय चन्द्रबहादुर परियारले बताउनु भयो ।
गाउ नजिक स्वास्थ्य संस्था नहुँदा समयमै उपचार गर्न सकेनै घरेलु उपचार गर्यौं, तर बचाउन सकिएन उहाँले भन्नुभयो ।
अरिङ्गालको टोकाईबाट घाईते भएकी कवितालाई उपचारको लागि जिल्ला अस्पताल ल्याइएको आमा कलावतिले बताउनु भयो ।
घरमा रेखदेख गर्ने कोही नभएका कारण कविताले भाइ र बहिनीलाई साथमा लिएर मकैबारीमा वाँदर धपाउन गएको वताएको छ ।

प्रकाशित मितिः ३० श्रावण २०७३, आईतवार ०७:३९

Leave a Reply

Your email address will not be published. Required fields are marked *