जाजरकोटमा ब्लड ट्रान्समिसन

बद्री पन्त
जाजरकोट १७, भदौ
जाजरकोटको जाजरकोट अस्पतालमा विहीवार पहिलो पटक ब्लड ट्रान्समिसन भएको छ । अस्पतालका स्वास्थ्यकर्मीले भेरीमालिका नगरपालिका ११ जगतीपुरकी १४ बर्षीय निर्मला चन्दको शरीरमा ब्लड ट्रान्समिसन गरेका हुन् ।
स्वास्थ्यकर्मीको टोलीले जिल्ला प्रहरी कार्यालयका प्रहरी जवान रत्नबहादुर नेपालीको शरीरबाट १ प्वाइन्ट रगत निकालेर निर्मलाको शरीरमा ट्रान्समिसन गरेका थिए ।

IMG_3129गत जेठदेखि विरामी भएर थला परेकी चन्द ५ दिनदेखि रगत अभाव भएर रुकुमको चौरजहारी रहेको मानव विकास अस्पतालको शैयामा छट्पटाई रहेकी थिईन् । चन्दको चौरजहारी अस्पतालमा ए पोजेटिभ रगत दिने मान्छे पाउन नसक्दा समस्या भएको बाबु जीमबहादुरले बताए । घरको आर्थिक अवस्था कमजोर भएकले छोरीलाई उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा लिन सकिएन, उनले भने ।

निर्मला विजय माध्यमिक विद्यालय काफलचौरमा ९ कक्षामा पढ्छीन् । छोरी ३ महिनादेखि हातखुट्टा नचलेर थला परेको उनले बताए । छोरीलाई रगत दिएर ज्यान जोगाएको भन्दै उनका आफन्तले प्रहरी जवान नेपालीलाई धेरै धन्यबाद दिएका छन् । यस अघि प्रहरी जवान रत्नबहादुर नेपालीले बाँकेमा ४ पटक र जाजरकोटमा १ पटक गरी ५ पटक रक्तदान गरेको बताए ।
निर्मलाको शरीरमा ७ पवाईन्ट रगत हुनु पर्नेमा ४ प्वाईन्ट मात्र रगत रहेको मानव विकास अस्पतालका डाक्टर काले बुढाले बताए । चौरजहारीमा रगत दिने दाताको खोजी भयो तर कोही पनि फेला परेनन्, उनले भने । उनलाई ३ प्वाईन्ट रगत आवश्यक पर्छ, यो भएमात्र निर्मलालाई सहज हुन्छ, डा. बुढाले बताए । यस अघि चौरजहारी अस्पतालमा रगत चढाएर सुत्केरी तथा अन्य विरामीलाई बचाएका थियौं, डा. बुढाको भनाई छ ।
IMG_3172चन्दको शरीरमा १ प्वाइन्ट रगत चढाईएको जाजरकोट अस्पतालका डाक्टर सुनिल पुनले बताए । अन्य रगत दाताको पनि आवश्यकता परेको डा पुनले बताए । चन्द माईक्रोसाईटीक हाइपोक्रोमिक एनिमियाको समस्याबाट पिडित भएको उनले बताए । अस्पतालमा रक्त संचारका लागि उपकरण उपलब्ध भएकाले चन्द जस्तै रगत अभावमा छट्पटिएका अन्य विरामीलाई पनि बचाउन सकिने डा. पुनले बताए ।
तर भौतिक पुर्वाधारको अभावले जाजरकोट अस्पतालमा ब्लड बैंकको स्थापना भने गर्न नसकिएको ल्याव असिस्टेन्ट दलवीर गिरीले बताए । दक्ष जनशक्ति र कोठा अभावमा ब्लड बैंक संचालन हुन नसकेको उनले बताए । बैंकका लागि आवश्यक उपकरण आएको ६ महिना वितेको छ । एउटा अ“ध्यारो कोठामा थन्काउने काम मात्र भएको छ, गिरीले भने । रगत संचितका लागि समस्या भएको छ । फ्रेस ब्लड ट्रान्समिसनको उपाय मात्र छ, उनले भने ।
५० शैयाको अस्पतालमा ब्लड बैंक समेत स्थापनाका लागि सम्बन्धित निकायको ध्यान जान सकेको छैन । जटिल प्रकृतिका सुत्केरी लगाएत विरामीलाई रगत अभावमा जिल्ला बाहिर पठाउनु पर्ने वाध्यता भएको निमित्त अस्पताल प्रमुख डाक्टर चाँदनी जैसवालको भनाइ छ । यस जिल्लामा ब्लड डोनेसन गर्ने ब्यक्तिको अभाव छैन । ब्लड संचित गर्न समस्या भएको भएको छ, उनले बताइन् ।

प्रकाशित मितिः १७ भाद्र २०७३, शुक्रबार ०६:३४

Leave a Reply

Your email address will not be published. Required fields are marked *