बद्री पन्त
जाजरकोट २५ भदौ
जाजरकोट प्रहरीले शनिबार जिल्लाको भेरीमालिका नगरपालिका ५ भेरे र भेरीमालिका २ तिमिलेमा अबैध गाँजा खेती नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव निरीक्षक महेशप्रसाद पन्तको नेतृत्वमा गएको प्रहरी टोलीले भेरेमा लक्ष्मण बुढा सहित १५ जनाको १० रोपणी जग्गामा लगाईएको गाँजा खेती नष्ट गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै इलाका प्रहरी कार्यालय पाँचकाटियाबाट प्रहरी सहायक निरीक्षक विष्णप्रसाद झाँक्रीको नेतृत्वमा गएको टोलीले तिमिलेमा विर्षबहादुर वली सहित १४ जनाको सात रोपनी जग्गामा लगाईएको अवैध गाँजा नष्ट गरेको प्रहरी निरीक्षक सुवास भट्टले जानकारी दिनु भयो ।
गाँजाबाट चरेस बनाएर अवैध रुपमा विक्रि वितरण हुने भएकोले गाँजा नष्ट गएको प्रहरी निरीक्षक भट्टले बताउनु भएको छ ।