खलंगा बजारमा सरसफाई

बद्री पन्त
जाजरकोट १, असोज ।
जाजरकोट सदरमुकाम खलंगा बजार सरसफाई गरिएको छ । नगरपालिका स्थापना भएको एक बर्ष पुगेको अबसरमा सफाई गरिएको हो ।
IMG_0631थाप्लेचौर, ठाटीबजार, सिमलगैरी, गैरीखाली क्षेत्रमा फोहरले दुगन्धित भएपछि नगरपालिकाको अगुवाइमा बजार सरसफाई गरिएको हो ।
नगरपालिका, प्रहरी, नेपाली सेना, आमा समुह र स्थानीयको सहभागितामा सरसफाई गरिएको हो ।
घर आँगन, टोल र बाटोघाटो सफा सुग्घर राख्नु पर्छ भन्ने सन्देश दिन सरफाईलाई अभियानकै रुपमा संचालन गरिएको भेरी मालिका नगरपालिका कार्यकारी अधिकृत राम प्रसाद शर्माले बताउनु भयो ।

प्रकाशित मितिः १ आश्विन २०७३, शनिबार १२:०१

Leave a Reply

Your email address will not be published. Required fields are marked *