जाजरकाेट खलंगा—रिम्ना सडक कालोपत्रे

बद्री पन्त
जाजरकोट ९, असोज
जाजरकोट–डोल्पा सडक खण्ड स्थित खलंगा रिम्ना सडकको स्तर बृद्धिसंगै पिचको काम सुरु गरिएको छ ।
तीन बर्ष भित्रमा निर्माण सम्पन्न गर्ने गरी आइतबारदेखि काम सुरु भएको हो ।
सडक डिभिजन कार्यालय चौरजहारीको १२ करोड लागत रहेकोमा निर्माण व्यवसायीले ७ करोड ५० लाख लागतमा सडक निर्माणको जिम्मा लगेका छन ।
IMG_1200सडकको ८ मिटर चौडाइ तथा साढे ५ मिटरमा पिच हुने छ ।
सडक निर्माणको जिम्मा राजेन्द्र ÷ जलजला जेभी काठमाडौंले लिएको छ ।
तीन वर्ष भित्र निर्माण कार्य सम्पन्न गर्ने गरी काम सुरु गरिएको हो । खलंगाको शान्तिचौतारा देखि कालेगाउसम्मको ६ किलोमिटर पिच हुने भएको हो ।
सडक खण्ड भित्र रहेको १६ किलोमिटरमा ६ किलोमिटर पिचको काम हुने छ ।
सडक चौडा पार्ने, माटो कटीङ, माटो फिलिङ टेवा प्रखाल लगाएतको काम गरेर तोकेको समय अगावै सडक पिच हुने साइट इन्चार्ज प्रजीत लामाले बताउनु भयो ।
IMG_1224यो सडकमा जीप र टयाक्टर हिउद्को समयमा गुड्ने गर्दछन् । सडकको स्तर बृद्धि गर्न थालेपछि स्थानियहरु खुसी भएका छन् ।
यो सडकमा ट्याक औपन गर्दा १६ किलोमिटरमा २६ करोड भन्दा वढीरकम खर्च भईसकेको छ ।
सडकको स्तर बृद्धि नभएका कारण बर्षामा हिलाम्मे र हिउदम धुलाम्मे हुने गरेका कारण स्थानियहरु समस्यामा भोग्दै आएका थिए ।

प्रकाशित मितिः ९ आश्विन २०७३, आईतवार १३:४१

Leave a Reply

Your email address will not be published. Required fields are marked *