किन भएन जिर्ण झोलुंगे पुलहरूको मर्मत ?

बद्री पन्त
जाजरकोट १५, असोज ।
जाजरकोट र रुकुम जिल्लाको बिचमा भेरी नदिमा बनाइएका पुलहरु जिर्न अबस्था रहेका छन् ।
3 (1)दुबै जिल्लाले आबस्यक मर्मतमा ध्यान नपुर्याउदा पुलहरु जिर्न बनेका हुन् । पुल जिर्न हुदा यात्रुले जोखिम मोलेर नदि वारपार गर्नु पर्ने बाध्यता रहेको छ ।
राणाकालमा बनेको मटेला पुलदेखि दर्जनौं स्थानका पुलहरु जिर्न अबस्थामा रहेका छन् ।
रिम्ना, चिसा, राडी ज्यूला, तल्लुबगर, दामाचौर लगायत दर्जन बढी स्थानमा रहेका पुलहरु बारपार गर्न धौ धौ हुने गरेको भगबती तल्लुबगरका अमर बस्नेतले बताउनु भएको छ ।
4 (1)जाजरकोट तल्लुबगर र रुकुमको गोतामकोट जोड्ने भेरी नदीको झोलुंगे बनेको ३८ बर्ष भयो तर अहिलेसम्मा मर्मत हुन सकेको छैन ।
पुलका दायाँबायाँ र बिचका लठ्ठा, नट भोल्ट खिया लागेर झरेका छन तर उक्त पुल मर्मतमा कसैको पनि चासो गएको छैन बस्नेत भन्नु भयो ।
कर्णाली अञ्चलको जुम्ला र डोल्पासम्म आवत जावत गर्ने बाटोमा पर्ने पुलहरु मर्मत नुहदा घोडा खच्चडबाट सामान ओसारपसर गर्न समस्या हुने गरेको डोल्पाका बीरबहादुर शाहीले बताउनु भयो ।
सम्बन्धित निकायले पुलको मर्मत संभारमा चासो नदेखाउदा स्थानीयले कतिपय पुलमा काठ राखेर प्रयोग गर्ने गरेका छन् शाहीले भन्नु भयो ।
भेरी नदी बाहेकका अन्य खोलाका पुल पनि जिर्न अबस्थामा रहेका छन ।
जिल्लाको छेडागाड, मजकोट खोला, सरुगाढ, नलसिंहगाड लगालतका खोलाका पुल पनि मर्मत हुन सकेका छैनन् ।
1 (2)पुल मर्मतको लागि जिल्ला विकास समिति जाजरकोट र रुकुम एक अर्काको मुख ताकेर बस्ने गरेका छन् ।
दुबै जिल्लाले वास्ता नगर्दा समस्या उब्जिएको हो । दुबै जिल्लाको बिचमा बग्ने भेरी नदिको अधिकांस स्थानमा पुल निर्माण भएको बर्षौ बिते पनि मर्मत संम्भारमा कसैले पनि चासो दिएको देखिदैन ।
जिविस जाजरकोटले पुलको सरसफाइ तथा हेरदेख गर्न पुल हेरालु राखेको जनाएको छ ।
उनीहरुले मासिक ६ सय का दर रकम पाउछन तर रकम खाने तथा काम भने नगरे पाइन्छ । जाजरकोट जिल्लामा एक सय बढी झोलुंगे रहेका छन ।

प्रकाशित मितिः १५ आश्विन २०७३, शनिबार ०४:१३

Leave a Reply

Your email address will not be published. Required fields are marked *