जाजरकोटमा ४४ जना जेष्ठ नागरिक सम्मानित

बद्री पन्त
जाजरकोट १५, असोज
जाजरकोटमा ४४ जना जेष्ठ नागरिकहरुलाइ विशेष सम्मान गरिएको छ । २६ औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसका असरमा सदरमुकाम खलंगामा आयोजित एक कार्यक्रममा उनीहरुलाइ टीका र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
जेष्ठ नागरिकप्रति हुने भेदभाव विरुद्ध उभिउ भन्ने नाराका साथ मनाइएको जेष्ठ नागरिक दिवसका अवसरमा जिल्लाका विभिन्न स्थानमा रहेका जेष्ठ नागरिकहरुलाइ भेला गराएर उनीहरुलाइ सम्मान गरिएको हो ।
सदरमुकाम खलंगाको ठाँटीवजार स्थित वृद्धाश्रमको आंगनमा आयोजित कार्यक्रममा ६० वर्ष नाघेका १६ जना पुरुष र २६ जना महिला जेष्ठ नागरिकहरुलाइ विभिन्न क्षेत्रका व्यक्तिहरुले सम्मान गरेका थिए ।
20161001_090855जिल्ला सदरमुकाम लगाएत विभिन्न दुरगम गाउँवाट सम्मान लिनक लागि जेष्ठ नागरिकहरु खलंगा पुगेका थिए । जिल्ला विकास समिति र महिला तथा वालवालिका कार्यालयले दिवस मनाउनका लागि दिएको २० हजार रकमलाइ जेष्ठ नागरिकहरुको सम्मान गर्ने कार्यक्रममा खर्च गरिएको जेष्ठ नागरिक संघ जाजरकोटका अध्यक्ष तेजविक्रम शाहले वताउनु भयो । कार्यक्रममा पत्रकार महाँसघका पूर्व सभापती भीमवहादुर सिंह र प्रहरी निरीक्षक सुभाष भटटले पनि जेष्ठ नागरिक सम्मानका लागि केहि रकम दिनु भएको थियो ।
कार्यक्रममा जेष्ठ नागरिकहरुलाइ नेपाल पत्रकार महासंघ जाजरकोटका अध्यक्ष जनक केसी, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य राजेन्द्र कार्की, नेपाल वार एसोसियसन जाजरकोटका उपाध्यक्ष भीमवहादुर सिंह, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुभाष भटट, जेष्ठ नागरिक संघका अध्यक्ष तेजविक्रम शाह, लोकतान्त्रिक गैरसरकारी सस्था महासंघका अध्यक्ष प्रकाश चन्द लगाएतले जेष्ठ नागरिकहरुलाइ टीका र दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो ।
कार्यक्रममा आमन्तण गरिएका प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी र राजनैतिक दलका नेताहरु उपस्थित नभएको प्रति जेष्ठ नागरिकहरुले असन्तुष्टी जनाएका छन् ।
जेष्ठ नागरिकलाइ सम्मान गर्ने कार्यक्रममा उनीहरुको उपस्थिति नहुनु दुखको कुरा भएको जेष्ठ नागरिकहरुको गुनासो छ । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुले जेष्ठ नागरिकहरुलाइ दिवसका अवसरमा शुभकामना दिए ।
नेपाल पत्रकार महासंघका अध्यक्ष जनक केसीले जेष्ठ नागरिकहरुलाइ शुभकामना दिदै सवै जेष्ठ नागरिकहरुलाइ सम्मान र संरक्षण गर्नु राज्य र युवा पुस्ताको दायित्व भएको वताउनु भयो । जेष्ठ नागरिक घरपरिवारका मात्र नभइ समाज र देशकै सम्पति र इतिहास भएकोले उनीहरु प्रतिको सम्मान गर्ने कार्यले सवैको हित गर्ने उहाँले बताउनु भयो ।
कार्यक्रममा संघीय समाजवादीका अध्यक्ष दिपेन्द्रवहादुर पुन, जेष्ठ नागरिक संघका अध्यक्ष तेजविक्रम शाह लगाएतले दिवसका अवसरमा जेष्ठ नागरिकहरुलाइ शुभकामना दिनु भएको थियो । जाजरकोट जिल्लामा करीब ४ हजार ८ सय जेष्ठ नागरीकको संख्या रहेको छ ।

प्रकाशित मितिः १५ आश्विन २०७३, शनिबार १०:३८

Leave a Reply

Your email address will not be published. Required fields are marked *