बद्री पन्त
जाजरकोट १८, असोज
जाजरकोट जिल्लाको टालेगाउँ ९ र झाप्रा ८ स्थीत काफलपाटा बाटुले खोलामा झोलुंङ्गे पुल निर्माण भएको छ ।
पुल निर्माण भएपछि दुई गाउँको सम्बन्ध जोडिएको हो । पुल निर्माण भएपछि दुर्गम क्षेत्रका बासिन्दालाई खोला वारपार गर्न सहज भएको छ ।
जिल्ला विकास समिति क्षेत्रगत झोलुंङ्गे पुल कार्यक्रम तथा स्थानीय विकास कोषको सामाजिक परिचालन तथा प्राविधिक सहयोगमा पुल निर्माण भएको हो
खोलामा पुल नहुदा टालेगाउ, अर्छानी, पजारु, गर्खाकोट गाविसका स्थानीय बासिन्दा थलहबजार र बाटुलेबाट ६ घण्टा टाढा हिडेर घर जानु पर्ने बाध्यता टरेको टालेगाउँकी सीता सिंहले बताइन् ।
खोलामा पुल नहुदा धेरै सास्ती खेपियाे अहिले सहज भएको छ उनले भनिन् ।
पुल निर्माण भएपछि स्थानीयलाई बाटुले, थलहबजार गएर सामान किनमेल गर्न र छिमेकी गाउँघर जानआउन सहज भएको सिंहको भनाई छ ।
खोलामा पुल नहुदा धेरै सास्ती भोगेका स्थानीयलाई राहत पुगेको छ उनले भनिन् ।
१ सय १५ मिटर लामो पुल निर्माणमा जिविसको ४४ लाख र ८२ हजार स्थानीयको जन श्रमदानबाट पुल निर्माण भएको पुलका प्राविधिक मोहन विकले बताए ।
पुल निर्माण पछि स्थानीयलाई सदरमुकाम आउन जान समेत सहज भएको छ
जिविसले १० वटा झोलुंङ्गे पुल निर्माणमा ३ करोड ६१ लाख रकम खर्च जनाएको छ ।