यस वर्षलाइ जाजरकोटमा मह वर्ष मनाईने

कार्तिक ५ जाजरकोट-महको बजारीकरण गर्नका यस वर्ष जाजरकोटमा मह वर्ष मनाईने भएको छ।

मौरी र मह उत्पादनका लागि मध्यपश्चिमकै सम्भावनायुक्त जाजरकोटमा उत्पादित महको वजारीकरणलाई सुव्यवस्थित गर्न यस वर्ष मह बर्ष मनाउन लागिएको बरिष्ठ कृषि विकास अधिकृत डा.श्रीराम घिमिरेले बताउनुभयो।

नेपालको महको सुरुको अन्तराष्ट्रिय वजार नर्वे भएता पनि पछिल्लो समयमा नेपालको मह युरोपमा जाने गरेको बताउनु भयो बरिष्ठ कृषि विकास अधिकृत घिमिरेले बताउनु भयो। जिल्ला कृषि विकास कार्यालयले मौरीको पकेट क्षेत्रका रुपमा जिल्लाको खलंगा, डाडाँगाउँ, लहँ, खगेनकोट, झाप्रा र मजकोटलाई मान्दै आएको छ।

जिल्लाको विभिन्न ठाउँमा मौरीको मात्र जाजरकोटमा ४३ मेट्रीक टन मह उत्पादन हुने तथ्याङ्क सार्वजनिक गरिएको छ ।

 

 

प्रकाशित मितिः ५ कार्तिक २०७३, शुक्रबार १२:२०

Leave a Reply

Your email address will not be published. Required fields are marked *