जाजरकोट रेडक्रसको बार्षिक समीक्षा

redcross1बद्री पन्त
जाजरकोट १२, पुस ।
सामुदायिक स्वास्थ्य र खानेपानी, सरसफाई तथा स्वच्छता कार्यक्रमको सरोकारवाला निकायहरु बीच वार्षिक प्रगति समीक्षा गोष्ठी जाजरकोटको खलंगामा सम्पन्न गरिएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा जाजरकोटको आयोजनामा उक्त वार्षिक प्रगति समिक्षा गोष्ठी सम्पन्न गरिएको हो ।
समीक्षा गोष्ठीमा जिल्ला विकास समितिका योजना अधिकृत तथा प्रशासकिय अधिकृत गणेश प्रसाद खनालले जिल्लामा खानेपानी तथा सरसफाईको क्षेत्रमा कार्य गर्ने सरोकारवाला विचको सहकार्यको अवस्था पछिल्लो समयमा प्रभावकारी हुदै गएको बताउनु भयो ।
त्यस्तै नेपाल रेडक्रस सोसाईटी मानव सेवामा लामो समय देखि समर्पित हुदै आएको संस्था भएकाले रेडक्रस मार्फत सम्पन्न भएका विकासे कार्यक्रमहरु पनि सुन्तोष जनक रहेको सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्माको धारणा थियो ।
वार्षिक प्रगति समीक्षा गोष्ठीमा कार्यक्रमको प्रगति जिल्ला कार्यक्रम संयोजक छवि पन्तले गर्नुभएको थियो ।
जिल्ला स्थित खानेपानी तथा सरसफाई सरोकारवालाहरु, पत्रकार, नागरिक समाज, आमा समुह, स्वंयसेविकाहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मितिः १२ पुष २०७३, मंगलवार १४:५२

Leave a Reply

Your email address will not be published. Required fields are marked *