जाजरकोटमा बस दुर्घटना ७ को मृत्यु, १५ घाइते पूर्ण विवरण आउन बाकी

जाजरकोट, २६ फागुन ।
जाजरकोटमा बिहीबार दिउँसो भएको बस दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका १५ जनालाई उद्धार गरी अस्पताल पठाइएको छ ।
करिब ५० जना सवार लु ३ ख २२७९ नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा झन्डै एक दर्जन यात्रुको मृत्यु भएको प्रहरीले आशंका गरेको छ
छिन्चु जाजरकोट सडक खण्डमा पर्ने भेरीमालिका नगरपालिका ४ को बोहरा गाउँ नजिकै बस सडकबाट झन्डै दुई सय मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले अहिले उद्धार गरिरहेको जाजरकोट प्रहरीले बताएको छ ।
बस भीरबाट खसेको र मृतकको सनाखत हुन नसकेको प्रहरीले उल्लेख गरेको छ ।

प्रकाशित मितिः २६ फाल्गुन २०७३, बिहीबार १३:२८

Leave a Reply

Your email address will not be published. Required fields are marked *