जाजरकोटमा किसान भेट्दाका १३ तस्वीर

त्रिवेणी नलगाड नगरपालिका ६ का किसानको बाख्राको उपचार गदै पुश चिकित्सक डा. बिष्णु धिताल ।
सुन्तलामा लागेको रोगको उपचारबारे किसानलाई जानकारी दिदै उच्च मुल्यक बस्तु विकास आयोजनामा कार्यरत बरिष्ठ कृषि अधिकृत चित्रबहादुर रोकाय र कृषि अधिकृत सुरेश थापा लगायत ।
उच्च मुल्य बस्तु विकास आयोजनाको सहयोगमा भेरी नगरपालिका १० राउत गाउँमा निर्माण भएको भेरी नदिको पानी तानेर सिचाई गर्ने सोलारको बारेमा जानकारी दिदै बरिष्ठ कृषि अधिकृत चित्रबहादुर रोकाय ।
आफुले पालेको खसी गाउँ पुगको कृषि विज्ञको टोलीलाई देखाउदै त्रिवेणी नलगाड नगरपालिका १ कल्पतका किसान सेते वुढा ।
आफुले पालेको बाख्रा पुश चिकित्सक डा. बिष्णु धिताललाई देखाउदै त्रिवेणी नलगाड नगरपालिका ४ लहँका किसान मन पन्त ।
नागरिक कृषि तथा पशुपालन सहकारी संस्थाको पहल र उच्च मुल्य वस्तु विकास आयोजनाको सहयोगमा बनेका आधुनिक खोर बारे उच्च मुल्यको अनुगमन टोलीलाई जानकारी दिदै सहकारीका सचिव कमान ओली ।
किसानसगँ मौरी पालनको अवस्थावारे जानकारी लिदै आयोजनाका बरिष्ठ कृषि अधिकृत चित्रबहादुर रोकाय ।
समाचार संकलनको लागि अनुगमन टोलीसगै लहँ जानु भएका पत्रकार बद्री पन्तलाई फुलमालाले स्वागत गदै स्थानीय किसानहरु ।
बाख्रा पालक किसनाले गरेको प्रगतिबारे जानकारी लिन र समस्यावारे बुझनको लागि दुर्गम गाउँ लहँ जानु भएका आयोजनाका बरिष्ठ कृषि अधिकृत चित्रबहादुर रोकायलाई फुलमालाले स्वागत गदै किसान ।
बिदेशमा सिकेर आएको सीपको सदुपयोग गदै बाख्रापालन सुरु गरेका डाँडागाउँका स्थानीय युवा लवकुश ओलीको बाख्रा फर्मको अवलोकनपछि संयुक्त तस्वीर लिदै अनुगमन टोली ।
लहँका युवा किसान केशवबहादुर रावलको फलफुलको नर्सरीमा फलेको किवीको फल अनुगमन टोलीलाई देखाउदै समाजसेवी तथा पत्रकार प्रकाश पन्त साथमा बरिष्ठ कृषि अधिकृत चित्रबहादुर रोकाय र किसान केशव ।

 

प्रकाशित मितिः १० श्रावण २०७४, मंगलवार १७:२६

Leave a Reply

Your email address will not be published. Required fields are marked *