बाख्रापालनमा जम्दै, जुम्ल्याह दाजुभाई

बद्री पन्त
जाजरकोट, २२ साउन ।
जाजरकोटको त्रिवेणी नलगाड नगरपालिका—२ डाँडागाँउका जुम्ल्याह दाजुभाई लवकुश ओलीले बाख्रापालनवाट राम्रो आम्दानी गर्न सफल भएका छन ।
बाख्रा फर्म नै दर्ता गरेर बाख्रापालन व्यवसाय थालेका उनीहरुले २ वर्षको अवधिमा ६ लाख रुपैया आम्दानी गरेका छन । २०७२ साल माघ महिनामा लवकुश आर्गनिक हर्वल एग्रो फम संचालन गरेका उनीहरुले १८ वटा उन्नत जातका बाख्रावाट व्यवसाय सरु गरेको जनाएका छन ।
२ लाख ३४ हजार रुपैयामा १८ वटा उन्नत जातका बाख्रा किनेर सुरु गरेको व्यवसाय सोचेजस्तै गरी अघि बढ्दै गएको लब ओलीले बताए । उनले भने, २ वर्षमै ६ लाख रुपैयाको खसी, वोका र वाख्रा वेच्यौ, अहिले ८ लाखका बाख्राहरु खोरमा छन ।अहिले ४३ वटा उन्नत जातका बाख्राहरु छन । बाख्रापालन सगसगै अहिले उनीहरुले अर्को नयाँ व्यवसाय पनि थालेका छन । चिकेन पप बनाएर स्थानीय बजारका साथै डोल्पाको सदरमुकाम दुनैमा चिकेन पक विक्री गर्ने योजना रहेको लवले बताए ।
कामको लागि २०६९ सालमा मलेशिया गएका उनीहरु २०७१ सालमा घर फर्किएका थिए । घरफर्के लगत्तै खलंगामा लवकुश होटेल समेत संचालन गरेका थिए । होटेलवाट पनि राम्रै आम्दानी थियो तर झन्झट धेरै हुने भएकोले बाख्रा पालन गर्ने निधो गरेका थियौ, कुशले भने, अहिले बाख्रापालनवाट राम्रै फाइदा भएको छ । मलेसियामा उनीहरुले सुरुमा बालुवा, सिमेन्ट र त्यसपछि अल्कत्रा बनाउने कम्पनीमा काम गरेका थिए । बिदेशको अनुभव सुनाउदै उनीहरुले भने, दैनिक १८ घण्टा गोरु जेतिए झै जोतिएर काम गर्नुपथ्र्यो, आराम गर्न पाइदैन्थ्यो । यति कडा मिहेनत गर्दा आफ्नै देशमा राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सोचेर कहिल्यै विदेश नजाने गरी नेपाल फर्कियौ ।
बाख्रापालन गरेर उनीहरु स्वरोजगार मात्रै बनेका छैनन् रोजगारी पनि सृजना गरेका छन । अहिले उनीहरुले संचालन गरेको लबकुश आर्गनिक हर्वल एग्रो फर्ममा दुई जना युवाले काम पाएका छन ।
लबकुशको व्यवसायवाट धेरै यवाहरुलाई आफनो व्यवसाय गर्न प्रेरणा मिलेको छ । त्यसैले अहिले उनीहरु नलगाड नगरपालिकाका युवाहरुको लागि प्रेरणाको स्रोत समेत बनेका छन ।उनीहरुले संचालन गरेको बाख्रा फर्म त्यस क्षेत्रकै नमुना बाख्रा फर्म पनि हो । अहिले उनीहरुले खरी, जमुना, वोयर लगायतका बाख्राहरु पालेका छन ।
लौकामा २६ रोपनी जग्गा किनेर व्यवसायीका रुपमा वाख्रा पालन थालेका उनीहरुले बाख्राको लागि इपिल, भटमासे, लगायतका घाँसहरु लगाएर बाँझो जमिन समेत हराभरा वनाएका छन ।
बाख्रापालनमा खासै अनुभव नभएका उनीहरुले बाख्रापालन सम्बन्धि सामान्य विषयमा प्राविधिक मार्फत जानकारी लिएपछि यो पेशा अपनाएको बताएका छन । पछिल्लो समय धेरैजसो युवाहरु बैदेशिक रोजगारमा गएको अवस्थामा आफूले पशुपालनबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिन गाउँमै बाख्रापालन गरेको उनीहरु बताउँछन ।
६ लाख रुपैया खर्च गरेर आधुनिक बाख्रा खोर वनाएका उनीहरुले अहिलेसम्म सरकारी निकायवाट सहयोग नपाएको गुनासो गरेका छन । बाख्रापालनको लागि कतैवाट पनि सहयोग भएको छैन, लबले भने, सहयोग पाएको भए अझ राम्रोसँग व्यवसाय अघि बढाउथ्यौ ।
बाख्रापालनमा सिकेको ज्ञान, सीपलाई गाउँघरमा पनि वाँडने गरेको बताउने उनीहरुले बाख्रापालनको लागि सहयोग गर्न सरकारी निकायसँग माग समेत गरेका छन ।

प्रकाशित मितिः २२ श्रावण २०७४, आईतवार ०८:२७

Leave a Reply

Your email address will not be published. Required fields are marked *