पश्चिम जाजरकोटलाई सडक संजालले जोड्दै सांसद राजीव विक्रम शाह

जाजरकोट, १८ भदौ ।
पश्चिम जाजरकोटका गाउँ वस्तीहरु सडक संजालसँग जोडिन थालेका छन ।
क्षेत्र न –२ वाट निर्वाचित सांसद राजीव विक्रम शाहको विशेष पहलमा पश्चिम जाजरकोटका विकट गाउँ वस्तीहरु सडक संजालले जोडिन थालेका हुन ।
सांसद शाहको पहलमा छेडा—थल हुदै चाँदे, छेडा—कचाली, लिर्ता—कार्कीगाउँ—मछाइना, ढुंगिला—वडाकाँडा सार्नीमेला सडक निर्माणको काम तिव्र गतिमा अघि बढेको छ । स्यापी —आले हुदै सीमा, चिउदुवा— इनद्रज्योति मावि जोडने सडक, मटेला —गर्खाकोट, चल्लो पोले —पजारु सडक, बाटुले — टापुचौर सडक, सुवानाउली —मजकोट सडक पनि सांसद शाहकै पहल र सक्रियता निर्माण थालिएको हो ।
यस्तै पराले छाना—मजकोट सडक, अब्गाना —पुल्ली मिड्का सडक, दुई पिपल— पोखरा मावि सडक निर्माणको काम पनि दुई वर्षको अवधिमा शाहकै पहलमा भएको नेपाली काँग्रेस जाजरकोटका सचिव खड्क विसीले बताउँनु भयो ।
छेडा थल चाँदे हँदै जुम्लासम्म जोडने सडकको छोडा मोर्क सडक खण्ड कालेपत्रे गरिएको छ भने मोर्क वालुवा खण्ड ग्राभेल भएको छ ।
२३ वर्षसम्म एक किलोमिटर पनि निर्माण नभएको छेडा कचाली सडकको काम अहिले तिव्र गतिमा अघि बढिरहेको छ । अहिले यो सडकको १५ किलोमिटर निर्माण भएको छ । सांसद शाहको पहल र सक्रियतामा माथिका सवै सडकको काम जिरोवाट सुरु भएको हो । राजीव शाह चुनाव लडने वेला पश्चिम जाजरकोटका कुनै पनि गाउँमा सडक थिएन तर अहिले अधिकाश गाउँका केन्द्रहरुमा सडक पुगेको अवस्था छ, सचिव विसीले भन्नुभयो ।
सवै सडकहरु क्रमगत योजनामा समेटिएका छन । आफै पहलमा निर्माण सुरु भएका सडकहरुको सांसद शाहले अनुगमन गर्ने र त्रुटी भेटिए ठेकेदारलाई सच्याउन लगाउने काम पनि गदै आउनु भएको छ । गाउँमा सडकको पहँुच बढेसँगै आवत जावतमा सुविधा भएपछि जनता हर्षित भएका छन ।
पश्चिम जाजरकोटमा पर्ने साविकका अधिकाश गाविसका केन्द्रसम्म सडक पुगेको छ । दुई वर्षको अवधिमा अधिकाश गाउँहरुमा ग्रामिण सडकको ट्याक खोलिएको छ । दुई÷तीन दिन पैदल हिडेर सदरमुकाम खलंगा पुग्ने गरेका स्थानीय अहिले गाडी चडेर विहान सदरमुकाम गएर साँझ घर फर्किने गरेको शीवलय गाउँ पालिकाकाका वडाध्यक्ष दिपक खड्काले बताउँनु भयो ।
उहाँले धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको धनी पश्चिम जाजरकोटमा सडकको पहुँच विस्तारसँगै समद्धिको ढोका पनि खुलेको उल्लेख गर्नुभयो ।सडक सगसगै सांसद शाहको पहलमा लघुजलविद्युत आयोजना, खानेपानी, सिंचाइ, लगायतका भौतिक पूर्वाधारको कामले पनि तिव्रता भएपछि जनताले पनि विकासले गति लिन थालेको अनुभुति गरेका छन ।
पत्रकार राजेन्द्रविक्रम शाहीले पश्चिम जाजरकोट सडक संजालले जोडिन थालेपछि जनताले उत्पादन गरेका कृषि जन्यवस्तुहरु सजिलै बजारसम्म पुग्ने भएकोले उनीहरुको आयस्तरमा पनि बृद्धि भएको बताउनु भयो ।सडक निर्माणले तिव्रता लिन थालेपछि अव विकासले गति लिन्छ भन्नेमा जाजरकोटका जनता ढुक्क छन ।
तल्लो सुवानाउलीको पिको लघु जलविद्युत आयोजना, गर्खाकोटको हिप्काखोला लघुजलविद्युत आयोजना, दशेरा खानेपानी आयोजना, थालारैकरके माले पहरा खानेपानी आयोजना लगायतका दर्जनौ आयोजनाहरु पनि सांसद शाहकै पहल र सक्रियतामा निर्माण भएका छन ।
सांसद शाहकै पहलमा पश्चिमका जनताको लागि शिवालय गाउँ पालिकामा एम्वुलेन्स सेवा पनि संचालन गरिएको छ ।

प्रकाशित मितिः १८ भाद्र २०७४, आईतवार ०१:१८

Leave a Reply

Your email address will not be published. Required fields are marked *