अस्पतालका विरामीलाई फलफुल वितरण

जाजरकोट १९, भदौ ।
नेपाल निजामती कर्मचारी युनियन संघले स्थापना दिवशको अवसरमा सोमवार विरामीलाई फलफुल वितरण गरेको छ ।
युनियन संघले जाजरकोट अस्पतालका डेड् दर्जन विरामीलाई आफ्नो स्थापना दिवशको अवसरमा उक्त फलफुल तथा जुस वितरण गरेको हो । निमित्त प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद सापकोटा, अन्य कार्यालय प्रमुख, पत्रकार, अस्पतालका डाक्टहरु, युनियन संघका पदाधीकारी लगाएतको सहभागितामा विरामीलाई फलफुल वितरण भएको थियो ।संगठनको स्थापना दिवशको अवसर पारेर अस्पतालमा रहेका विरामीहरुको सुस्वास्थ्य तथा दीर्घायुको लागि फलफुल वितरणको कार्यक्रम राखेको अध्यक्ष खीमबहादुर थापाले बताए ।कर्मचारी संगठनहरुले पेशागत हकहितका कार्य मात्र बढावा नदिई समाज सेवाका क्षेत्रमा पनि सकृयता देखाउनुु पर्ने अध्यक्ष थापाले बताए ।

प्रकाशित मितिः १९ भाद्र २०७४, सोमबार १२:२२

Leave a Reply

Your email address will not be published. Required fields are marked *