सांसद राजीवविक्रम शाहद्वारा जाजरकोटकी वोनम्यारो पीडित रबिनालाई सहयोग

अस्तालमै पुगेर रविनालाई नगद २५ हजार रुपैया हस्तान्तरण गदै सांसद राजीव विक्रम शाह ।तस्वीर जय रावल ।

सुर्खेत, २९ भदौ ।
वोनम्यारो (एप्लाटिक एनिमिया) को समस्यावाट पीडित जाजरकोटकी रबिना सिंह बोहरालाई सांसद राजीव विक्रम शाहले उपचारको लागि सहयोग गरेका छन ।
शिक्षण अस्पताल महाराजगंजमा उपचार गरिरहेकी रबिनालाई अस्पतालमै पुगेर सांसद शाहले नगद २५ हजार रुपैया दिएका हुन ।
अस्पतालको शैयावाट जीवन रक्षाको लागि सहयोगको याचना गरेको थाहाँ पाउन वित्तिकै अस्पतालमै पुगेर रबिनालाई सहयोग गरेको सांसद शाहले बताए ।
वोनम्यारो पीडित रविनाको आर्थिक अभावले गर्दा उपचारमा समस्या भएको समाचार नेपाल समाचार पत्र दैनिक र रारा खवर डटकममा प्रकाशित भएको थियो । समाचार पढेपछि तत्कालको लागि रबिनाको उपचारको लागि २५ हजार रुपैया सहयोग गरेको पनि उनले वताए ।
सांसद शाहले वोनम्यारो प्रत्यारोपन गर्ने वेला रबिनालाई आफनो तर्फवाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।
उनले भने, वोनम्यारो प्रत्यारोपन गर्ने वेला अस्पतालमा लाग्ने अप्रेसन चार्जमा केही छुट गर्ने पहल गर्छु ।
६ महिनादेखि शिक्षण अस्पताल काठमाडौमा उपचार गरिरहेकी रविनालाई रकम अभावले गर्दा थप उपचारमा समस्या भएको छ । रोग पत्ता लागेदेखि अहिलेसम्म उनको उपचारमा ५ लाख रुपैया खर्च भैइसकेको छ ।
अस्पतालको शैयाबाट बिरामी रबिनाले निःशुल्क उपचारको व्यवस्था मिलाएर आफना ज्यान बचाउन सवैसँग आग्रह गरेकी छन ।
अस्पतालले वोन म्यारो प्रत्यारोपन गर्न ३० लाख रुपैया खर्च लाग्ने बताएको रबिनाका श्रीमान राजेन्द्र बोहराले जानकारी दिए ।जाजरकोटको त्रिवेणी नलगाड नगरपालिका –४ बाउसेखोला घर भएकी रबिनाको उपचारको लागि सहयोग माग्दै नगरपालिकादेखि मन्त्रालयसम्म धाएपनि संसाद राजिवविक्रम शाह वाहेक अरु कसैले पनि सहयोग नगरेको वताए ।
उनले भने, नेतादेखि, विभिन्न निकायको दैलामा गए अहिलेसम्म खाली आश्वासन मात्र पाए, सांसद राजीव शाहवाहेक कसैवाटवाट पनि सहयोग पाइन ।
रबिनाको उपचार गदै आएका शिक्षण अस्पतालका डा.अन्जान श्रेष्ठले रबिनालाई वोनम्यारो नै प्रत्यारोपन गर्नु पर्ने वताए ।
उनले वोन म्यारो पत्यारोपन गर्न कम्तिमा पनि १५ देखि ३० लाख रुपैया खर्च हुने वताए ।

प्रकाशित मितिः २९ भाद्र २०७४, बिहीबार ०९:१६

Leave a Reply

Your email address will not be published. Required fields are marked *