सुर्खेत, २ असोज ।
विश्वकै प्रभावशाली कोच नरबहादुर कार्की राजनीतिमा प्रवेस गरेका छन ।
समाज परिवर्तनका अभियन्ता कार्की आउदो चुनावमा प्रदेश सभाको सदस्यमा लडने भएका छन । उनी जाजरकोट क्षेत्र न २ वाट प्रदेश सभाको सदस्य लडने भएका हुुन ।
नेकपा माओवादी केन्द्र जाजरकोटले उनलाई प्रदेश सभाको सदस्यको उम्मेदवारको रुपमा सिफारिस गरेको छ ।
मानिसहरुलाई जीवन कसरी जिउने भन्ने विषयमा प्रशिक्षण दिदै आएका कार्कीले समाज परिवर्तनको लागि नीतिगत रुपमै परिवर्तन ल्याउनुको लागि राजनीतिमा प्रवेस गर्ने निर्णय गरेको वताए । उनले भने, राज्यको नीतिमा परिवर्तन नल्याएसम्म जनताको जीवनस्तरमा पनि परिवर्तन आउदैन त्यसैले नीतिगत सुधारको लागि म राजनीतिमा प्रवेस गरे ।
जिन्दगीमा स्वतन्त्रता, शक्ति र उमंग थप्ने अभियानका उनी एक्लो अभियन्ता पनि हुन ।
जाजरकोटका कार्की गाउँ घर भएका कार्कीको प्रवेससँगै राजनीतिमा नयाँ तरंग ल्याएको छ ।
विश्वको सय प्रभावशाली कोचमा परेका उनले अफगानिस्तानमा पुगेर द्धन्द्धग्रस्त क्षेत्रका निराशामा बसिरहेका मानिसहरुलाई जिन्दगीका बारेमा तालिम दिएका थिए ।
उनी पूर्ण खोप अभियानका अभियन्ता पनि हुन । उनकै पहलमा सरकारले अछामवाट पूर्ण खोप अभियानको सुरुवात गरेको थियो ।
नेकपा माओवादी केन्द्र जाजरकोटले प्रदेश सभा र संघीय सभा सदस्यको चुनाव लागि उम्मेदवार सिफारिस गरेको छ ।
माओवादीले प्रदेश सभाका लागि क्षेत्र नं १ वाट गणेस सिंह र क्षेत्र नं २ वाट नरवहादुर कार्कीलाई उम्मेदवारका लागि सिफारिस गरेको हो ।
त्यस्तै संघीय सभाका लागि पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतलाई उम्मेदवार बनाउने निर्णय माओवादी केन्द्रले गरेको छ ।