जाजरकोट, १६ असोज ।
जाजरकोटमा चुनावी माहोल ह्वात्तै बढेको छ । चुनावकै लागि भनेर अहिले जिल्ला वाहिर बस्दै आएका नागरिक पनि गाउँघरमा पुग्न थालिसकेका छन ।
चुनावको मिति नजिकिएसँगै अहिले गाउँबस्तीमा चुनावी चर्चा ह्यात्तै बढेर गएको छ । नेपाली काँग्रेस र माओवादीले संघ र प्रदेशका उम्मेदवार टुंगो लगाएका छन भने एमाले अन्तिम तयारीमा छ । काँग्रेसले संघमा सांसद राजीव विक्रम शाह, प्रदेशमा क्षेत्र न २ का लागि सभापति दिपक जंग शाह उम्मेदवार वनाउने निर्णय गरेको छ भने क्षेत्र न १ मा प्रदेश सभाको लागि पूर्व क्षेत्रीय सभापति बेदराज सिह र मुक्ती आचार्य मध्ये एकजना उम्मेदवार वन्ने निश्चित भएको छ । दुवैको नाम अहिले केन्द्रमा पठाइएको छ माओवादी केन्द्रले संघमा शक्ति वस्नेत क्षेत्र न १ मा गणेश प्रसाद सिह र २ मा सामाजिक अभियन्ता नरबहादुर कार्कीलाई सर्वसम्मत रुपमा उम्मेदवार वनाएको छ ।
पार्टीको तर्फवाट उम्मेदवार सिफारिस भएका नेताले चुनावी अभियान थालि सकेका छन ।उम्मेदवारहरुले अहिले गाउँ गाउँमा पुगेर आफ्नो चुनावी अभियान थालिसकेका छन । सासद राजीव विक्रम शाहले पहिलो चरणको गाउँ अभियान सम्पन्न गरेका छन । प्रदेश सभाका उम्मेदवार दिपकजंग शाह अहिले चुनावी अभियानकै क्रममा पश्चिमका गाउँ वस्तीहरुमा छन ।
माओवादी केन्द्रका उम्मेदवार शक्ति वस्नेतले पनि चुनावी अभियान थालेका छन । प्रदेश सभाका उम्मेदवार नरबहादुर कार्की र गणेशप्रसाद सिहले पनि गाउँमा गएर घरदैलो अभियान थालेको बताएको छ ।
यता जाजरकोटका मतदाताले भने यसपाली विकासवादी नेतालाई मत दिने वताएका छन । जसले जिल्लाको विकासमा सहयोग गरेको छ त्यसलाई यसपाली हाम्रो मत हुन्छ एक स्थानीयले भने ।चुनावको वेला विकास गर्छु भन्ने तर चुनाव जितेपछि केही पनि नगर्ने नेतालाई यसपाली भोट नदिने पनि उनले वताए । चुनाव जितेर गएका कुन नेताले के काम गरे त्यसको आधारमा मत दिने हो विगतको जस्तो पार्टी हेरिदैन, विकास गर्ने व्यक्ति हेरिन्छ जसले विकास गर्छ, जो सधै जाजरकोटी जनताको सुुखदुखमा साथ दिन्छ त्यसलाई नै भोट हाल्ने सोच वनाएको स्थानीयले वताएका छन । चुनावमा नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।