जाजरकोटको दुर्गम गाँउको विद्यालयलाई लाइन्स क्लव अफ सुर्खेत सेरोफेरोको सहयोग

सुर्खेत, १८ असोज ।
लाइन्स क्लव अफ सुर्खेत सेरोफेरोले जाजरकोटको दुर्गम गाउँको विद्यालयलाई शैक्षिक सामाग्री सहयोग गर्ने भएको छ ।
जाजरकोटको त्रिवेणी नलगाड नगरपालिका ५ ऐरारीमा रहेको नेपाल राष्टिय प्राथमिक विद्यालयलाई कार्पेट लगायतको शैशिक्ष सामाग्री सहयोग गर्न लागेको क्लवका अध्यक्ष युवराज पौडेलले बताए ।
सुर्खेतमा क्रियाशिल पत्रकार प्रकाश पन्तको पहलमा विद्यालयलाई करिव ४५ हजार रुपैयाको जुट कार्पेट लगायतको शैक्षिक सामाग्री सहयोग गर्न लागेको अध्यक्ष पौडेलले वताए ।विद्यालयमा पढने वालवालिकाहरु कार्पेट नहुँदा चिसो भूइमा बसेर पढने गरेको खवर पाएपछि कक्षा कोठाको लागि आवश्यक कार्पेट सहयोग गर्न लागेको पनि उनले उल्लेख गरे ।
विद्यालयका प्रधानाध्यापक गणेशबहादुर शाहीले कार्पेटको लागि धेरै निकाय र व्यक्तिसँग आग्रह गरेपनि कसैले सहयोग नगरपछि पत्रकार प्रकाश पन्तलाई आग्रह गर्न वित्तिकै सहयोग जुटाई दिएको जानकारी दिए ।
उनले विद्यालयको लागि आवश्यक कार्पेट लाइन्स क्लव अफ सुर्खेत सेरोफेरोसँग माग गरेको पनि बताए ।
कार्पेटको लागि सरोकारवाला सवै व्यक्ति र संघसंस्था काहाँ धाए पनि दुर्गम गाउँको विद्यालयलाई सहयोग गर्न यसअघि कोही पनि तयार नभएको पीडा पध्यानाध्यापक शाहीले पोेखे ।
यता सुर्खेतमा क्रियाशिल पत्रकार प्रकाश पन्तले विद्यालयको समस्याको वारेमा जानकारी पाउन वित्तिकै लाइन्स क्लव अफ सुर्खेत सेराफोराका अध्यक्ष पौडेललाई सहयोगको लागि आग्रह गरे उहाँले तत्कालै सहयोग गरेको वताए ।
क्लवका अध्यक्ष पौडेलले दुर्गम गाउँका विद्यालयको समस्या थाहाँ पाउन वित्तिकै क्लवमा आवद्ध साथीहरुसँग सरसल्लाह गरेर सहयोग गर्न लागेको वताए ।
उनले यही असोज १९ गते विद्यालय भएकै गाउँमै पुगेर कार्पेट लगायतको शैक्षिक सामाग्री हस्तान्तरण गर्न लागेको बताए ।

प्रकाशित मितिः १८ आश्विन २०७४, बुधबार ०१:५७

Leave a Reply

Your email address will not be published. Required fields are marked *