देशभरीको काँग्रेसलाई जाजरकोट काँग्रेसको गतिलो सन्देश

जाजरकोट, १८ असोज ।
नेपाली काँग्रेस जाजरकोटले प्रतिनिधी सभा र प्रदेश सभाका लागि सर्वसम्मत रुपमा उम्मेदवार चयन गरको छ ।
काँग्रेसले प्रतिनिधि सभाका लागि सांसद राजीव विक्रम शाहलाई उम्मेदवार बनाएको छ भने प्रदेश सभाका लागि क्षेत्र न १ वाट पूव क्षेत्रीय सभापति वेदराज सिह र क्षेत्र न २ वाट पार्टी सभापति दिपकजंग शाहलाई उम्मेदवार भएका छन ।
चुनावको लागि केन्द्रमा धेरै जनाको नाम पठाउने परम्पराको अन्त्य गदै जाजरकोट काँग्रेसले देशभरीका काँग्रेसलाई गतिलो सन्देश पनि दिएको छ ।
धेरै आकाक्षी हुदाहुदै पनि साथीहरुले पाटीको लागि ठुलो त्याग गर्नुभएको छ, प्रदेश सभाका उम्मेदवार तथा पाटी सभापति दिपकजंग शाहले भने, सर्वसम्मत उम्मेदवार चयनपछि जनतामा राम्रो सन्देश गएको छ त्यसैले जाजरकोटमा काँग्रेसको जीत निश्चित भयो ।सांसद तथा प्रतिनिधी सभाका उम्मेदवार राजीव विक्रम शाहले जाजरकोट काँग्रेसले विगतको परम्परालाई तोडदै सर्वसम्मत रुपमा उम्मेदवार चयन गर्नुलाई बिजयको संकेट भएको उल्लेख गरे ।
यस्तै पूर्व क्षेत्रीय सभापति तथा प्रदेश सभाका उम्मेदवार वेदराज सिहले अव जाजरकोटमा काँग्रेसको विजयलाई कसैले रोक्ने नसक्ने दावी गरे ।
जाजरकोटमा प्रतिनिधि सभामा एक र प्रदेश सभामा २ निर्वाचन क्षेत्र कायम गरिएको छ । काँग्रेसले सर्वसम्मत रुपमा उम्मेरदवारहरु छनौट गरेपछि कार्यकर्ताहरुमा उत्साह थपिएको छ ।
सर्वसम्मत रुपमा उम्मेदवार छनौट हुनुले जितलाई सुनिश्चित गरेको काँग्रेस कार्यकर्ताले वताएका छन ।
सधैजसो अन्तिम अवस्थामा मात्र उम्मेदवारको टुगो लगाउने परम्परालाई यसपटक काँग्रेसले तोडदै देशभरीका काँग्रेसलाई सर्वसम्मत उम्मेदवार चयन गर्न जाजरकोट काँग्र्रेसले दवाव पनि सृजना गरेको छ ।
संघ र प्रदेश सभाका तीनै जना उम्मेदवारले चुनावी अभियान पनि सुरु गरि सकेका छन । उनीहरु तीनै जनाले पहिलो चरणको घरदैलो अभियान सकेर अव दोस्रो चरणको अभियान थालेका छन ।

प्रकाशित मितिः १९ आश्विन २०७४, बिहीबार ००:४५

Leave a Reply

Your email address will not be published. Required fields are marked *