बद्री पन्त
जाजरकोट, २२ असोज ।
जाजरकोटको दुर्गम गाउँमा निुशल्क वाल स्वास्थ्य शिविर भएको छ । सदरमुकाम खलंगावाट २५ किलोमिटर दुरीमा रहेको त्रिवेणी नलगाड नगरपालिका –२ डाँडागाउँको छेप्कामा शुक्रवार निशुल्क वाल स्वास्थ्य शिविर संचालन भएको हो ।
लाइन्स क्लव अफ सुर्खेत सेरोफेरोको आर्थिक सहयोग तथा नेपाल वाल पोलि क्लिनिक सुर्खेतको प्राविधिक तथा औषधी सहयोगमा शिविर भएको हो । शिविरको समुन्वय स्थानीय नगरिक कृषि तथा पशुपालन सहकारी संस्था र नलगाड सेवा समाजले गरेका हुन । शिविरमा त्रिवेणी नलगाड नगरपालिका, वारेकोट गाउँ पालिका र छिमेकी जिल्ला रुकुमको आठवीसकोट नगरपालिकाका वालवालिकाले निुशल्क उपचार सेवा पाएका छन ।दुर्गम गाउँ छेप्कामा पहिहलो पटक भएको निुशल्क वाल शिविरवाट विशेषज्ञ सेवा पाउन नसकेका वालवालिका र अभिभावकले ठुलो राहात महशुस गरेका छन । ७ महिनादेखि छोरा विरामी परेर हैरान भएकी डाँडागाउँ गढीकी कमला ओलीले छोराको मुटुमा समस्या भएको थाहाँ भएको बताउनु भयो । शिविरको कारण छोराको रोग पत्ता लागेको भन्दै उहाँले तत्कालै थप उपचारको लिने बताउनु भयो । छाती दुखी रहने समस्या थियो, डाक्टरले मुटुमा समस्या छ थप उपचारको लागि चाडै वाहिर लैजान सुझाव दिनु भएको छ, उहाँले भन्नुभयो । गाउँमा डाक्टर नआएको भए रोग नै पत्ता लाग्ने थिएन, हामी त अहिलेसम्म धामी झाक्रीकै विश्वासमा थियौ, अब चाडौ उपचारको लागि लिन्छु ओलीले उल्लेख गर्नुभयो ।
गाउँमा पहिलो पटक भएको शिविरले कमजोर आर्थिक अवस्था भएका वालवालिकालाई ठुलो सहयोग पुगेको छ । घरआगनमै भएको निशुल्क वाल शिविरवाट धेरै वालवालिकाले छउपचार र सल्लाह पाएपछि उनीहरुका अभिभावकले समेत ठुलो राहात महशुस गरेको समाजसेवी टीकाराम गौतमले वताउनु भयो । उहाँले यस्ता शिविरलाई अरु गाउँ वस्तीमा पनि संचालन गर्न आयोजकलाई सुझाव दिनुभयो ।
शिविरमा मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा कार्यरत वाल रोग विशेषज्ञ डा.नवराज केसीले २ सय जना वालिवालिकाको उपचार गर्नु भएको छ । शिविरमा आएका मध्ये ६ जना वालवालिकामा तत्कालै थप उपचार गर्नु पर्ने देखिएको छ । उपचारको लागि आएका वालवालिकामा कुषोषण, मुटुरोग, अपागता जस्ता समस्या देखिएको छ । यस्तै उनीहरुमा रुघाखोकी, निमोनिया, कानको जालीमा समस्या पनि देखिएको डा. केसीले बताउनु भयो । उहाँले दुर्गम गाउँमा विभिन्न रोग सम्बन्धी समस्या बोकेर पनि उपचार गर्नबाट बञ्चित बालबालिकालाई गाउँमै आएर उपचार गर्न पाउँदा निकै खुशी लागेको पनि बताउनु भयो ।
गम्भीर प्रकृति र अवस्थाका तर कमजोर आर्थिक अवस्थाको कारण उपचारवाट बञ्चित वालवालिकालाई थप उपचारको लागि सक्दो सहयोग र पहल गर्ने समेत वालरोग विशेषज्ञ डा. नवराज केसीले उल्लेख गर्नुभयो । जाजरकोट लगायत विभिन्न जिल्लाका दुर्गम गाउँ वस्तीमा पुगेर वालवालिकाहरुलाई निशुल्क उपचार गदै आउनु उहाँले दुर्गम गाउँ वस्तीमा धेरै वालवालिकाहरु विभिन्न खालका रोगवाट पीडित हुदै आएकोले उनीहरुको उपचारको लागि राज्यले पनि विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
शिविर आयोजक लाइन्स क्लव अफ सुर्खेत सेरोफेरोका अध्यक्ष युवराज पौडेलले दुर्गम गाउँ वस्तीमा बालवालिकालाई घरदैलोमै विशेषज्ञ सेवा उपलव्ध गराउनको लागि वाल शिविर आयोजना गरिएको वताउनु भयो । निशुल्क शिविरवाट दुर्गम गाउँका वालावालिकाको उपचारमा ठुलो सहयोग पुगेको उल्लेख गदै उहाँले गम्भिर प्रकृतिका वालरोगीलाई थप उपचारको लागि सहयोग जुटाउने पनि जानकारी दिनुभयो । अध्यक्ष पौडेलले वाहिर रेफर गरिएका वालवालिकाको रोग निदानको लागि आर्थिक जुटाइने र कतिपयलाई बिरामी वालवालिकालाई सुर्खेतमा ल्याएर पनि उपचारको व्यवस्था मिलाउने जानकारी दिनुभयो । स्थापना भएको छोटो समयमै सेरोफेरोले साना ठुला गरी आधा दर्जन भन्दा बढी स्वास्थ्य शिविर संचालन गरिसकेको उल्लेख गदै अहाँले आगामी दिनमा पनि दुर्गम गाउँमा निशुल्क शिविरको लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
विशेषज्ञ सेवा पाउन नसककेका जाजरकोटका दुर्गम गाउँबस्तीका वालवालिकालाई राहात पुरयाउन आफुले निशुल्क वालशिविरको लागि पहल गरेको पत्रकार प्रकाश पन्तले बताउनु भयो । पत्रकार पन्तको पहलमा वर्षदिनभित्रै त्रिवेणी नलगाड नगरपालिकामा ३ वटा ठुला स्वास्थ्य शिविर भएका छन । जिल्ला अस्पतालमै नभएको वालरोग, स्त्रीरोग लगायतका विशेषज्ञ सेवाहरु शिविरवाट दुर्गम गाउँवस्तीमा नागरिकले पाएको उहाँले दावी गर्नुभयो । दुर्गम गाँउ वस्तीमा धेरै वालवालिका विरामी भएपनि कमजोर आर्थिक अवस्थाले गर्दा विशेषज्ञ डाक्टरकाँहा पुगेर उपचार गर्ने सक्दैनन्, वर्षेदेखि रोगवाट पीडित भएर वस्न वाध्य हुन्छन पत्रकार पन्तले भन्नुभयो, त्यस्ता नागरिकलाई उपचारमा सहयोग पुरयाउन आगामी दिनमा पनि सक्दो पहल गर्छु ।