बद्री पन्त
जाजरकोट, २३ असोज ।
लाइन्स क्लव अफ सुर्खेत सेरोफेरोले जाजरकोटको दुर्गम गाउँको विद्यालयलाई कार्पेट सहयोग गरेको छ । जाजरकोटको त्रिवेणी नलगाड नगरपालिका ५ ऐरारीमा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयलाई ४५ हजार रुपैयाको कार्पेट सहयोग गरिएको क्लवका अध्यक्ष युवराज पौडेलले बताए ।सुर्खेतमा क्रियाशिल पत्रकार प्रकाश पन्तको पहलमा विद्यालयलाई जुट कार्पेट सहयोग गरिएको पनि अध्यक्ष पौडेलले वताए । विद्यालयमा पढने वालवालिकाहरु कार्पेट नहुँदा चिसो भूइमा बसेर पढने गरेको खवर पाएपछि कक्षा कोठाको लागि आवश्यक कार्पेट सहयोग गरिएको उनले उल्लेख गरे । सुर्खेतवाट कार्पेट लिएर जाजरकोटमै विद्यालयका प्रधानाध्यापक गणेशबहादुर शाही हस्तान्तरण गरिएको छ । क्लवका अध्यक्ष पौडेलले प्रधानाध्यापक शाहीलाई कार्पेट हस्तान्तरण गदै दुर्गम गाउँको विद्यालयको समस्या थाहाँ पाउन वित्तिकै क्लवमा आवद्ध साथीहरुसँग सल्लाह गरेर कार्पेट सहयोग गरिएको वताए । उनले कार्पेट भएपछि साना वालवालिकालाई भुइमा वसेर पढने अवस्थाको अन्त्य हुने विश्वास व्यक्त गरे ।
कार्पेट वुझदै प्रधानाध्यापक शाहीले कार्पेट पाएपछि विद्यार्थीलाई पढन निकै सजिलो हुने भन्दै क्लवलाई धन्यवाद दिए । उनले धेरै निकाय र संघसंस्थासँग धाय पनि कसैले सहयोग नगरपछि पत्रकार प्रकाश पन्तलाई आग्रह गर्न वित्तिकै सहयोग जुटाई दिएको जानकारी दिए । कार्पेटको लागि सरोकारवाला विभिन्न निकायलाई हारगुहार गरेपनि दुर्गम गाउँको विद्यालयलाई सहयोग गर्न यसअघि कोही पनि तयार नभएको पीडा पध्यानाध्यापक शाहीले पोेखे ।
कार्पेट हस्तान्तरण कार्यक्रममा पत्रकार प्रकाश पन्तले विद्यालयको समस्याको वारेमा जानकारी पाउन वित्तिकै लाइन्स क्लव अफ सुर्खेत सेराफेरोका अध्यक्ष पौडेललाई सहयोगको लागि आग्रह गरेको बताए । उनले दुर्गम गाउँको विद्यालय कार्पेट सहयोग गर्ने क्लव र क्लवका अध्यक्षलाई हृदयदेखि नै धन्यवाद समेत दिएका छन ।