जाजरकोट, २५ असोज ।
नेकपा एमाले माओवादी केन्द्रवीचको वाम गठवन्धनले जाजरकोटमा एमाले माओवादी पार्टी सम्बद्ध नेता कार्यकर्ता निराश भएका छन । आम नेता कार्यकर्ताको भावना विपरित कुनै छलफल नै नगरी एक्कासी तालमेलको घोषणाले आफुहरु निरास भएको उनीहरुले वताएका छन ।
पार्टी एक्लै लडने भए पार्टीको उम्मेदवारलाई सहयोग गथ्यौ, मत हाल्थ्यो गठवन्धन भयो त्यसैले हामी मत हाल्न स्वतन्त्र छौ, दुवै दलमा आवद्ध नेता कार्यकर्ताले भने, अव हामी पार्टी हैन, व्यक्ति हरेर मत हाल्छौ । जो विकासप्रेमी छ, जसले जनताको सेवा गरेको छ, सुखदुखमा साथ दिन्छ त्यस्तो उमेदवारलाई मत हाल्छै गठवन्धन भनेर पछि लागिने छैन उनीहरुले भने । गएको स्थानीय निकायको निर्वाचनमा जाजरकोटमा एमाले पहिलो, काँग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो भएका थिए । समग्रमा एमालेले माओवादी भन्दा ४ हजार मतले पछाडी छ । वर्षे लगायर जाजरकोटमा एमालेलाई पहिलो पार्टी बनाएको भन्दै एमालेका नेता कार्यकर्ताले अहिले चुनाव लडने वेला माओवादीको उम्मेदवारलाई कसरी जिताउने भन्दै नेतृत्वलाइै प्रतिप्रश्न गरेका छन ?एमाले र माओवादीको केन्द्रीय नेतृत्ववीच जाजरकोटमा संघ र प्रदेशको एउटा क्षेत्र माओवादीले र प्रदेशको एउटा मात्र क्षेत्र एमालेले लिने भित्री सहमति भएको माओवादी केन्द्रका एक नेताले वताए । उनले भने एमाले पहिलो पार्टी भएपनि जाजरकोट एमालले संघको लागि पूर्व गृहमन्त्री शक्तिबहादुर वस्नेतलाई छाड्नुको विकल्प छैन । बस्नेत प्रचण्डका विश्वास पात्र मानिन्छन । यता एमाले नेताहरुले भने जित्ने ठाउँमा माओवादीलाई सहयोग गर्न नसकिने वताएका छन । उनीहरुले भने गएको स्थानीय निकायको चुनावमा हामी माओवादी भन्दा ४ हजार मत बढी छौ कसरी माओवादीलाई उमेरदवारलाई सहयोग गर्ने । संगठनलाई तिलानजली दिएर अर्कोलाई काधमा राख्न सकिदैन, उनीहरुले भने, शक्तिले चुनाव जित्नु हुन्न त्यसैले उहाँ संघको लागि समानुपातिमा जादाँ राम्रो हुन्छ । हार्ने चुनावमा जाने चेष्ट उहाँले पनि गर्नु हुदैन । जाजरकोटमा माओवादीको धरातल निकै कमजोर भएको उल्लेख गदै एमाले नेताहरुले माओवादीलाई प्रदेशको एउटा क्षेत्र र समानुपातिक सिट दिनु पर्नेमा जोड दिएका छन । पहिलो र बलियो पार्टी भएकोले संघको लागि आफनै उम्मेदवारलाई उठाउनु पर्ने एमाले नेता कार्यकर्ताको माग छ ।
पहिलो पर्टी हुदाहुदै पनि केन्द्रीय नेतृत्वले जाजरकोटलाई उपेक्षा गर्न खोजेको भन्दै एमालेका नेता कार्यकर्ताले कुनै पनि हालतमा माओवादीलाई सहयोग नगर्ने वताएका छन । जिल्ला समन्वय समितिको निर्वाचनहुदै उद्योग बाणिज्य संघको चुनावसम्म एमालेलाई हराउन काँग्रेससँग गठबन्धन गरेको माओवादीलाई चुनावमा सहयोग गर्न नसकिने एमाले नेता कार्यकर्ताले उल्लेख गरेका छन । एमालेलाई हराउनको लागि माओवादीले स्थानीय निकायको चुनावमा समेत काँग्रेससँग गठवन्धन गरेको थियो । काँग्रेस र माओवादी मिलेर गाउँ कार्यपालिका र नगर कार्यपालिकामा एमाले विरुद्ध गठवन्धन गरेका थिए ।
एमालेका कार्यकर्ताहरु प्रदेशमा एउटा र समानुपाति कोटामा एउटा सिट माओवादीलाई दिनु पर्ने बताउँछन । जाजरकोटमा माओवादी केन्द्र भन्दा एमाले झण्डै ४ हजार मतले अगाडी छ यस्तो अवस्थामा संघमा कसरी माओवादी उम्मेदवारलाई सहयोग गर्ने भन्दै एमाले कार्यकर्ताहरु पार्टी नेतृत्वसँग रुष्ट वनेका छन । वाम एकतको नाममा जाजरकोटको एमालेलाई माओवादी केन्द्रमा विलय गराउन खोजिएको आरोप लगाउदै उनीहरुले माओवादी उम्मेदवारलाई मत नदिन पनि आग्रह गरेका छन । माओवादीले विगतमा आफना नेता कार्यकर्तालाई दिनुसम्म दुख दिएको एमालेका नेताहरुले बताएका छन । माओवादीले विगतमा दिएको दुख र पीडालाई समेत ध्यान दिनुपर्ने एमाले कार्यकर्ताले उल्लेख गरेका छन । पार्टी नेतृत्वलाई आफुहरुको आवाज सुन्न पनि आग्रह गरेका छन । पहिलो पार्टी भएर पनि तेस्रो पार्टीको उमेदवारलाई सहयोग गर्नुपर्ने अवस्था सृजना हुन लागको भन्दै उनीहरुमा निराशा र आक्रोश बढेको छ ।
गठवन्धनको कारण एमाले माओवादी नेता कार्यकर्तामा निराशा छाएको वेला नेपाली काँग्रेसले भने सर्वसम्मत रुपमा उमेदवार छनौट गरेर चुनावी अभियानमा होमिएको छ । काँग्रेसले संघको लागि सांसद राजीवविक्रम शाहलाई उमेरदवार बनाएको छ । उनी जाजरकोटको राजनीतिमा निकै लोकप्रिय नेता मानिन्छन । यस्तै प्रदेश न १ को लागि पुर्व क्षेत्रीय सभापति तथा युवानेता वेदराज सिह र क्षेत्र न २ का लागि पार्टी सभापति दिपकजंग शाहलाई काँग्रेसले सर्वसम्मत उमेरदवार बनाएको छ । सिह र शाह पनि लोकप्रिय नेताको रुपमा चिनिनुहुन्छ ।