विरामीलाई युवा नेता राजीव विक्रम शाहको सहयोग

जाजरकोट, ११ कार्तिक ।
नेपाली काँग्रेसका युवा नेता राजीव विक्रम शाहले वर्षदिन देखि विरामी भएर थला पर्नु भएका जाजरकोटको त्रिवेणी नलगाड नगरपालिका १३ रुपगाउँका कालीवहादुर परियारलाई सहयोग गर्नु भएको छ ।
वर्षदिन देखि विरामी भएर थलिनु भएका उहाँलाई घरमै पुगेर शाहले आर्थिक सहयोग गर्नु भएको हो । प्यारालाइसिसले गर्दा परियार हिडडुल गर्नु सक्नु हुदैन त्यसैले उहाँलाई वाहिर भित्र गर्न परिवारको सहारा चाहिने गरेको त्यहाँका वडाध्यक्ष नरेन्द्र शाहीले बताउनु भयो ।
केहीदिन अघि भगवती पुग्नु भएका शाहले परियारको घरमै पुगेर औषधी उपचार गर्नु होला भन्दै आर्थिक सहयोग गरेको शाहीले बताउनु भयो ।
समाजसेवी नेता शाहले परियारको उपचारको लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भएको छ । गाउँ घुम्ने क्रममा परियारको घरमा पुगेपछि उहाँको अवस्था देखेर सहयोग गरेको कुरालाई केही व्यक्तिहरुले गलत रुपमा वुझेको भन्दै शाहले दुख व्यक्त गर्नु भएको छ ।
विरामीलाई सहयोग गर्दा आलोचना गर्नेहरुलाई रुप गाउँमा गएर कालीवहादुर परियारलाई सक्दो सहयोग गर्न पनि शाहले सुझाव दिनु भएको छ । राम्रो कामको पनि विरोध गर्ने चलनको अन्त्य गदै राम्रो कामलाई राम्रो भन्ने संस्कारको विकास गर्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

प्रकाशित मितिः ११ कार्तिक २०७४, शनिबार ११:५१

Leave a Reply

Your email address will not be published. Required fields are marked *