नलगाड क्याम्पसको भवन सिलन्यास

बद्री पन्त
जाजरकोट, २१ बैसाख ।
जाजरकोटको नलगाड नगरपालिका –७, दल्लीमा रहेको नलगाड क्याम्पस भवन सिलन्यास गरिएको छ ।
कर्णाली प्रदेश सभाका सदस्य गणेशप्रसाद सिंह र नलगाड नगरपालिकाका प्रमुख टेकवहादुर रावलले क्याम्पस भवनको सिलन्यास गर्नु भएको हो ।
शुक्रवार विहान सांसद सिंह र नगरप्रमुख रावलले क्याम्पस भवनको जग्गामा सिमेन्ट, ढुंगा गिठी र वालुका राखेर निर्माणको औपचारिक सुरुवात गर्नु भएको छ ।
भवन सिलन्यास गदै सांसद सिह र नगरप्रमुख रावलले भवन निर्माणसगै क्याम्पसको विकासको लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भएको छ ।
१० कोठाको तीन तले भवन निर्माणमा एक करोड ५६ लाख रुपैया खर्च लाग्ने बताएको छ ।
भवन निर्माणको लागि नलगाड नगरपालिकाले पहिलो चरणमा १० लाख रुपैया सहयोग गरेको र क्रमागत रुपमा सहयोग गदै जाने क्याम्पस प्रमुख कालीबहादुर पुनले बताउँनु भयो ।


क्याम्पसलाई त्रिभूवन माध्यामिक विद्यालयले दल्लीले १० रोपनी जग्गा प्रदान गरेको छ ।
चार वर्षे बीएएडको पढाई हुने क्याम्पसमा अहिले दुई सय ५० जना विद्यार्थी अध्ययन गरिरहेको क्याम्पसको पनि क्यामपस प्रमुख पुनले जानकारी दिनुभयो ।
भवन निर्माणमा त्रिभूवन विश्व विद्यालय अनुदान आयोगसँग रकम माग गरेपनि क्याम्पसको नाममा जग्गा पास नभएकोले आयोगले सहयोग गर्न नसकेको समेत क्याम्पस प्रमुख पुनले बताउँनु भयो ।
२०६९ सालमा क्याम्पस स्थापना भएपछि जाजरकोटको पूर्वी क्षेत्र र रुकुमको पश्चिम क्षेत्रका साथै डोल्पा जिल्लाका विद्यार्थीलाई ठुलो सहयोग पुगेको छ । तस्वीर क्याम्पस प्रमुख कालीबहादुर पुनको फेसबुकबाट ।

प्रकाशित मितिः २१ बैशाख २०७५, शुक्रबार १०:२८

Leave a Reply

Your email address will not be published. Required fields are marked *