आफन्तलाई राहात र घाइतेको उपचार गर्न माग

जाजरकोट, २० भदौ ।
नेपाली काँग्रेस जाजरकोटले भेरी नगरपालिका ३ ठाँटीमा गएको पहिरोमा परी ९ जना सर्वसाधारणको मृत्यु भएकोमा दुःख व्यक्त गरेको छ । पार्टी सभापति दिपकजङ्ग शाहले विज्ञप्ती जारी गदै पहिरोमा परी ज्यान गुमाउने सबै मृत आत्माको चीर शान्तिको कामना व्यक्त गदै हार्दिक श्रद्धान्जली अर्पण गर्नु भएको छ ।
विज्ञप्तिमा पहिरोमा परी ज्यान गुमाएका आफन्तजनप्रति हार्दिक समवेदना ब्यक्त गदै घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ ।
पहिरोमा परी ज्यान गुमाउनेका आफन्तहरुलाई उचित राहत उपलव्ध गराउन र घाइतेको निशुल्क उपचार गर्न सभापति शाहले सरकारसँग माग गर्नुभएको छ ।
वर्षाको समयमा बाढी, पहिरो लगायतका घटना हुन सक्ने भएकोले उच्च सर्तकता अपनाउन जाजरकोटबासीलाई उहाँले आग्रह पनि गर्नुभएको छ ।
यस्तै पूर्व सांसद राजीव विक्रम शाह, युवा नेता बेदराज सिंहले पनि पहिरोमा परी ज्यान गुमाउने सबै मृत आत्माको चीर शान्तिको कामना व्यक्त गदै हार्दिक श्रद्धान्जली अर्पण गर्नु भएको छ ।
अविरल वर्षाका कारण भेरी नगरपालिका ३ ठाँटीबजारमा पहिरोमा पुरिएर आइतबार ९ जनाको मृत्यु भएको थियो ।
यसैवीच  जाजरकोटका सांसदहरुले पहिरोमा परि ज्यान गुमाएका परिवारलाई राहत र घाईतेको उपचार निशुल्क गर्न माग गरेका छन् ।
आइतबारको संसद बैठकमा बोल्दै सांसदहरुले पहिरोले स्थानीय दुई जनाको घर पुरिदा नौ जनाको मृत्यु हुनुका साथै केही घाइते भएको भन्दै प्रदेश सरकारका तर्फबाट मृतक परिवारलाई तत्कालिन राहत र घाइतेको उपचार गर्न माग गरेका हुँन् ।
सांसद गणेशप्रसाद सिंहले जनतालाई प्रदेश सरकारको अनुभूति दिलाउन घटनास्थलमै पुगेर पीडित परिवारलाई राहत उपलब्ध गराउन माग गनुभयो । यहाँले भन्नुभयो , ‘२४ घण्टाभित्र घटनास्थलमै पुगेर राहत उपलब्ध गराउन प्रदेश सरकारको ध्यान जाओस । सांसद कौशिलावती खत्रीले संसदमा उठाएका कुराहरुको सम्बोधन नहुने गरेको भन्दै आपत्ती जनाउनुभयो ।

प्रकाशित मितिः २० श्रावण २०७५, आईतवार २०:५७

Leave a Reply

Your email address will not be published. Required fields are marked *