पहिरोले भत्काएको सडक मर्मत भएन्

बद्री पन्त
जाजरकोट २८, साउन
गत आइतवार ८ वालवालिका सहित ९ जनाको ज्यान जाने गरि पहिरो गएको भेरी नगरपालिका ३ ठाँटीवजारकै अर्काे स्थान नेपाल रेडक्रस सोसाइटीको छेउमा कालोपत्रे गरिएको सडक ५० मिटर भत्किएर दुइ सय मिटर तल पुगेको तीन साता वित्न लाग्यो । वजार क्षेत्रमा आवात जावात गर्ने तथा जिल्लावाट वाहिर जाने उक्त मुल सडकमा स्थानीयले सास्तीपुर्ण पैदल यात्रा गर्न थालेको र गाडीहरु वन्द भएको लामो समय वितेपछि सरोकारवाला निकायले कुनै ध्यान दिएका छैनन् ।


पाँच करोड वढी रकम लाग्ने गरि भत्किएको उक्त सडक मर्मत वारे कसैले चासो नदिएपछि स्थानीयहरु आक्रोसित वन्न थालेका छन् । ठाँटीमा सडक भत्किदा जिल्लावाट रुकुम, डोल्पा, सुर्खेत नेपालगन्ज तथा काठमाडौं लगाएतका स्थानमा जाने यातायात सेवा प्रभावित भएको मात्र छैन पहिरोले आसपासका एक दर्जन वढी घर वग्ने खतरा निम्त्याएको छ । सदरमुकामको वोहरा देखि कालेगाउँ सम्मको सडकका विभिन्न भागहमा चर्किएको भासिएको अवस्थामा स्थानीयहरुमा त्रास धेरै वढ्न थालेको छ ।
कालोपत्रे गर्ने क्रममै रहेको उक्त सडक मर्मतको जिम्मा निर्माण व्यावसायीको भन्दै सडक डिभिजन कार्यालय चौरजहारी र मर्मत गर्न आवस्यक वजेट नभएको भन्दै भेरी नगरपालिका तर्किएपछि भत्केको सडकको अवस्था झन झन विग्रदै गएको स्थानीयको गुनासो छ । सुरुमा थोरै मात्र भत्किएको ठाँटीको सडक वर्षातको पानी व्यवस्थित ढंगले निकास नगरेका कारण उक्त सडकको पहिरो भयंकर वनेको छ । यस्तै सोहि सडकको खहरे खोला खण्डमा पनि ठुलो पहिरो गएर दुइ साता सम्म सदरमुकाममा गाडीहरुले प्रवेस गर्न पाएका थिएनन भने भेलाले, रानागाउ, कालेगाउँ खण्डमा सडकको भत्किने सम्भावना वढेको र यसका लागि सरोकारवाला निकायहरु जिम्मेवार नवनेको स्थानीयहरुको गुनासो छ ।
यस्तै विभिन्न वस्तीहरुमा जमिन चर्किने र भासिने क्रम वढेपछि स्थानीयहरु थप चिन्तित भएका छन् । खलंगाका रानागाउँ, खहरेखोला, गैरीखाली, पिपलडाँडा, ठाँटी, पुराना साझा, वाग्लुंग होटेल, न्युरोड, कोइरेली, स्याला, कालेगाउँ, थाप्ले, रिंगरोड लगाएतका वस्ती तथा क्षेत्रहरुमा जमिन चर्किएपछि स्थानीयहरु त्रसित वनेका छन् । रेडक्रसको मुन्तिरको पहिरोका कारण ठाँटीवजार र न्युरोड आसपासको वस्ती पुरै वग्ने खतरामा रहेको भएपनि वर्षातको पानी र पहिरो व्यवस्थापनको पहल कतैवाट नभएको स्थानीय सतिषजंग साहले वताए । उनले सडक निर्माणको क्रममा ढल निकास तथा वर्षातको पानी व्यवस्थापनको काम नगर्नु र वजारका घरहरु निर्माणका क्रममा जभाभावी माटो सडक छेउमा थुपार्नुले नै खलंगावजार पहिरोको जोखिममा परेर ठुलो धनजनको क्षति वढ्दै गएको वताए ।

भेरी नगरपालिका ३ ठाँटीवजार स्थित नेपाल रेडक्रस सोसाइटीको छेउमा भत्किएको जाजरकोट डोल्पा सडकको अवस्था । तस्वीर— बद्री

वर्षातका कारण गत आइतवार कोइरेली जाने वाटोको छेउ भत्काएर गएको पहिरोले ठाँटीवजार स्थित पानीनाउलाका दुइ घर पुरिदा ८ जना वालवालिका सहित ९ जनाको ज्यान गएको थियो भने एक दर्जन वढी घरहरु पुरै पहिरोले वगाउने खतरामा परेका छन् । वाटोको छेउमा थुप्रिएको माटोले नै उक्त पहिरो गएको स्थानीयहरु वताउछन् । ठाउँ ठाउँमा डर लाग्दो गरि सडकहरु चर्किने र भासिने र वस्तीहरुमा पनि जमिन चर्किन थालेपछि स्थानीयहरु निकै त्रसित वन्न थालेका छन् । मुल तथा सहायक सडकहरु भासिने तथा चर्किने खतरा वढेपनि स्थानीय सरकार, सडक डिभीजन कार्यालय र अन्य निकाय मौन वसेको भन्दै स्थानीयले आक्रोस समेत पोख्न थालेका छन् ।
सडक भत्केर सदरमुकामको वेहाल भएको छ, वर्षातको पानी जभाभावी वगेर पहिरोको जोखि वढेको वढयै छ तर सरोकारवाला निकाय तामसा हेरेर वसेका छन् स्थानीय टोपवहादुर थापाले भने । उनले सडक निर्माणका क्रममा भएको गल्तीका कारण वर्षातको पानीले ठुलो क्षति पुरयाएको वताए । उता सडक डिभीजन कार्यालय चौरजहारी का प्रमुख आषिस थापा मगरले सडक निर्माणका क्रमममा स्थानीयले हुमपाइप राख्न र नाली वनाउन केहि स्थानमा अवरोध गरेका कारण समस्या परेको वताए । उनले अहिले ठाँटीमा भत्किएको सडक मर्मतको जिम्मा कालोपत्रे गर्ने जिम्मा लिएको निर्माण व्यावसायीको भएको वताए ।
कालोपत्रे गरिएको सडक विभागलाइ हस्तान्तरण भइनसकेको र भत्किएको भाग निर्माण व्यावसायीले नै मर्मत गर्छन् उनले भने । यस वारेमा उक्त सडक कालोपत्रेको जिम्मा लिएका निर्माण व्यावसायी कमल नेपालीलाइ सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।यस्तै भेरी नगरपालिकाका मेयर चन्दप्रकास घर्तीले ठाँटीमा गएको पहिरो र अन्य पहिरो व्यवस्थापन तथा रोकथामका लागि करोडौं रकम लाग्ने भएकोले नगरपालिकाले केहि गर्न नसक्ने र यसको जिम्मा संघीयर सरकार र प्रदेस सरकारले लिनु पर्ने वताए । हामी पहल गर्दै छौं ठुलो रकम नगरसंग नभएकोले केन्द्रिय सरकारले नै सडक मर्मत गर्नु पर्छ उनले भने ।

प्रकाशित मितिः २८ श्रावण २०७५, सोमबार ०८:२०

Leave a Reply

Your email address will not be published. Required fields are marked *